alliance khabar

सोमबार, फाल्गुण ०४, २०८२

खोटाङ,  फागुन ४ गते  ।

 जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो ।

मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रव्रिmयाबाट श्री कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङका लेखा प्रमुख सीताराम राउतले बताउनुभयो ।

दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो तर निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित महभिर बाधक बन्दै आएको छ । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–४, खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११, राजापानीको महभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्र्याक खोलिएको छ । महभिरमा ठुलो चट्टान भएकाले विकल्पका रूपमा राजापानीस्थित पुरानो गाउँहुँदै रेग्मीटारको सडक प्रयोग हुँदै आएको छ । सिधा सडक जोड्न महभिर बाधक भएकाले हाल उक्त सडक खासै प्रयोग भइरहेका छैनन् ।

दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार सडकभन्दा खानीडाँडा–आहाले–रेग्मीटार सडक करिब २५ किलोमिटर छोटो रहेको छ । जस कारण जिल्ला सदरमुकामबाट तराई जोड्ने सबैभन्दा छोटो दुरीको सडकको ट्र्याक सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिएको मन्त्री राईले बताउनुभयो । सोही अनुसार ठेक्का प्रव्रिmया पूरा भएर सडक खन्ने काम पनि सुरु भइसकेको छ ।

महभिरमा रहेको चट्टान फोडेर खनिसकेको पुरानो बाटो पनि सफा गर्ने गरी ठेक्का लागेको भौतिक पूर्वाधार कार्यालयका लेखा प्रमुख राउतले बताउनुभयो । यही वर्षबाट सबैभन्दा छोटो दुरीको सडक सुरुवात हुने उहाँको भनाइ छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा तराई यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने छ ।

बाह्रै महिना सडक सञ्चालनका लागि अवरोध गर्ने दिखुवाखोलामा पक्की पुल निर्माण भइरहेको छ । दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–४, खाल्ले र १५ विजयखर्कको सिमानामा अवस्थित दिखुवाखोलामा पुल निर्माणका लागि गत जेठमै शिलान्यास भएको थियो । प्रदेश सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय खोटाङको साझेदारीमा दिखुवाखोलामा ट्रस्ट ब्रिज पुल बन्न लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल