विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

कञ्चनपुर, असोज ३०  गते ।   लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रको हुन लागेको हो । गाउँपालिका–६ चानदेवदेखि वडा नं २ काठमाडौँ डाँडासम्मको १३ दशमलव छ किलोमिटर सडक कालोपत्रका लागि […]

सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

म्याग्दी,  असोज २८ गते । जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् । पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । […]

दुर्गम बस्ती गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’

बागलुङ (गलकोट), असोज २४ गते । तमानखोलाको जुर्गाघाटका स्थानीयले अब लेकमै मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली बत्ती पुगेको छैन । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा […]

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्री घिसिङको निर्देशन

काठमाडौँ, भदौ ३० गते।  नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उहाँले यस्तो निर्देशन दिनुभएको हो। “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला व्यवसायी, देशभित्र र बाहिर भएका नागरिकले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेडिकेटेड र ट्रङ्कलाइनको वक्यौता उठाउन निर्देशन दिइएको छ, यो तत्काल […]

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित

काठमाडौँ,  भदौ  गते । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार बुधबार साँझदेखिनै विमानस्थलको उडान नियमित रुपमा सञ्चालन भइरहेको छ । “विगतका दिनहरुमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ । यात्रु आवागमनलाई सहज तुल्याउन सुरक्षा निकायसँग समन्वय गरिएको छ”, उहाँले भन्नुभयो । […]

दर्ताका लागि मेटाबाट औपचारिक जानकारी आएको छैन : सञ्चार मन्त्रालय

काठमाडौँ, भदौ १९ गते।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुकको सञ्चालक संस्था मेटा दर्ताका लागि औपचारिक प्रक्रियामा नआएको बताएको छ। सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले हालसम्म मेटा कम्पनी दर्ता प्रक्रियाका लागि औपचारिक रुपमा सम्पर्कमा नआएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “औपचारिकरुपमा सरकारको इमेलमा आएको भए वा त्यहाँ माग गरेको भए एउटा कुरा हुन्थ्यो। उहाँहरुलाई […]

सञ्चालनमा आएको दुई सातामै लघु जलविद्युतमा क्षति

फुङलिङ, भदौ १७ गते ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्‍याएको हो । गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्‍याएको विद्युतको पुनर्निर्माण गरी सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । […]

विद्युत् प्रसारण लाइनको काम छिटो सक्न निर्देशन

सुर्खेत, भदौ १६ गते । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म  बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर […]

बेलिब्रिज बनेपछि आवागमन सहज

मकवानपुर, साउन २५ गते । मकवानपुुरको मकवानपुरगढी गाउँपालिका–१ स्थित बुँदुनेखोलामा बेलिब्रिज निर्माणसँगै हेटौँडा उपमहानगरपालिका र बकैया गाउँपालिकाका बासिन्दालाई आवागमनमा सहज भएको छ । गाउँपालिकाको बजेटमा तीन वर्षअघिबाट बुँदुनेखोलामा बेलिब्रिज निर्माण सुरु गरिएकोमा यो वर्ष मात्रै बेलिब्रिज जडान कार्य सम्पन्न भएको हो । मकवानपुरगढी गाउँपालिका–१ का वडाध्यक्ष आइतसिङ लोले तीन वर्षअघि पुल निर्माण गर्न जग, पिल्लरलगायतका […]

माइतीघरमा नगर प्रमुख भट्टराईको सत्याग्रह सुरु

खोटाङ, साउन ११ गते । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको छ । विभिन्न सात बुँदे माग राख्दै प्रमुख भट्टराईले साउन ११ गते (आइतबार) बिहानबाट सत्याग्रह सुरु गर्नुभएको हो । खेर गइरहेको बाँसबाट आर्थिक समृद्धि हुने निर्णय गर्न प्रमुख भट्टराईको विशेष माग रहेको छ ।  बाँस तथा बाँसजन्य […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल