पालिकालाई सुगम बनाउने प्रयासमा छौँ

बागलुङ जिल्लाका साबिकका तीन गाउँ विकास समिति बोङ्गादोभान, तमान र खुङ्गखानी समावेश गरेर बनाइएको तमानखोला गाउँपालिकामा हाल छ वटा वडा छन् । यहाँ भौगोलिक रूपमा दुर्गम र विकट बस्ती छन् । यहाँ सडक विस्तार, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रको विकासका लागि उल्लेख्य प्रयास भएको छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको यहाँ जोकलाल बुढामगर गत स्थानीय तह […]

दुर्घटनामा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधन

सिमकोट (हुम्ला), भदौ ४ गते । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा निधन भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उहाँ सख्त घाइते हुनुभएको थियो । नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको […]

फोहोरलाई मोहर बनाउन ‘रिसाइकल’ केन्द्रको शिलान्यास

बर्दीबास, साउन १७ गते । फोहोर व्यवस्थापन देशव्यापी समस्या भएको बेला बर्दीबास नगरपालिकाले फोहोरलाई मोहर बनाउने अभियान सुरु गरेको छ । फोहोरलाई आम्दानीको स्रोतका रूपमा रूपान्तरण गर्न नगरपालिकाले फोहोरमैला प्रशोधन तथा रिसाइकल केन्द्र स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । केन्द्रको भवन निर्माणका लागि नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो तथा वडाध्यक्षहरूले मङ्गलबार बर्दीबास–८ स्थित मोडल […]

भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

ताप्लेजुङ, साउन ११ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ। गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई वडा–वडामा पुगेर भत्ता रकम वितरण गरेको छ भने ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इक्साहाङ सुब्बाका अनुसार साउन ६ गते आइतबारदेखि बिहीबारसम्म एकीकृत घुम्ती शिविर सञ्चालन […]

आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ, साउन ११ गते। आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ। नकर्मी विसं २०२१ असार २० गते […]

एघार वडामा ठुला पूर्वाधार निर्माण

रामेछाप, असार २९ गते । रामेछापको मन्थली नगरपालिका–२ मा कठजोर नमुना (कृष्णलाल) पार्क निर्माण गरिएको छ । नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल कठजोरमा उहाँको सम्झनामा मन्थली नगरपालिका र वडाको साझेदारीमा पार्क निर्माण गरिएको हो । विसं १९४४ माघ २४ गते हालको मन्थली नगरपालिका–२, कठजोरमा जन्मनुभएका कृष्णलाल अधिकारी राणाकालमा मकैको खेती नामक पुस्तक लेखेको […]

अपाङ्गतामैत्री छैनन् सरकारी कार्यालय भवन

हुम्ला, असार २४ गते । जिल्लास्थित कुनै पनि सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिनै सकस हुने गरेको छ । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिने समयमा अपाङ्गता भएका सेवाग्राहीको समस्याबारे ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन सकस भएको हो । सिमकोट गाउँपालिका–५ का धनलाल कामी बैसाखीको भरमा हिँडडुल गर्नुहुन्छ । व्यक्तिगत काम होस् […]

मोती उत्पादन उद्योग सङ्कटमा

डडेलधुरा, असार २० गते । सरकारले २० लाखभन्दा बढी अनुदान रकम दिएर सुरु गरिएको मोती उत्पादन योजना सफल हुन सकेको छैन । परशुराम नगरपालिका–४, कटालमा घरेलु तथा साना उद्योग कार्यालयले सम्भाव्यता अध्ययन गरेर गत आर्थिक वर्ष २०८९/८० मा ८० प्रतिशत रकम अनुदान दिएको थियो । श्री भगवती एकीकृत कृषि तथा पशुपन्छी फार्मलाई २० लाख ७७ हजार रकम […]

दस पालिकाको बजेट साढे पाँच अर्ब

बैतडी, असार १२ गते । बैतडीका चार नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तहले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबाट कुल पाँच अर्ब ४८ करोड रुपियाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । दशरथचन्द नगरपालिकाले आगामी आवका लागि ८८ करोड ४५ लाख ९२ हजार, पुर्चौडी नगरपालिकाले ६२ करोड चार लाख ९९ हजार, पाटन […]

सदरमुकाममा खानेपानीको समस्या

हुम्ला, असार ११ गते । जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको बताउँदै टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको गुनासो राख्नुभयो । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • alliancekhabar1@gmail.com
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल