प्याकेटको खाजा नखुवाउन निर्देशन

लहान, कात्तिक ९ गते । लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको अनुगमन गरिरहेका अनुगमन टोलीले विद्यार्थीलाई प्याकेटका खाजा नखुवाउन निर्देशन दिइएको छ । नगर उपप्रमुख रामचलितर महतो र शिक्षा शाखा प्रमुख फिरोज कटुवालले लहान–१० मा रहेको जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँका विद्यार्थीले प्याकेटमा ल्याइएको खिचडी डस्टबिनमा फालिरहेको देखेर उपप्रमुख महतोले खाजा किन फालिरहेको भनी जिज्ञासा प्रधानाध्यापकसँग राख्नुभयो । […]

पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

पाटन (ललितपुर), कात्तिक९  गते । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते […]

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान

सिरहा, कात्तिक ९  गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान  गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री […]

राहदानी बनाउन एक दिनअगावै टोकन

तम्घास, कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ । दसैँ सकिएसँगै राहदानी बनाउनेको भिड लागेपछि भिडलाई कम गर्न एक दिनअगावै टोकन वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबारका लागि बुधबार नै १३० जनाका लागि टोकन वितरण गरिएको थियो ।  बिहीबार बिहान ७ […]

अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने

अर्घाखाँची, कात्तिक ९  गते । शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो । नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, […]

स्थानीय तहमा बेरुजु मौलाउँदै

कालीकोट, कात्तिक ९ गते ।  कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख खर्च गरेको पाइएको छ । हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदनमा तिलागुफा नगरपालिकाले विविध खर्चमा ३० लाख २७ हजार ९७२ रुपियाँ खर्च गरेको उल्लेख छ । नगरपालिकाले अनुगमन तथा भ्रमण खर्च मात्र ३३ लाख ८८ हजार ५१७ रुपियाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ […]

जात्राले स-यो दसैँको टीका

हेटौँडा, कात्तिक ४ गते  । उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् । थाहा नगरपालिका–१० मा हरेक वर्ष कात्तिक १ गते लाग्दै आएको चम्पाकेश्वर महादेवको […]

सुशासन प्रवर्धनमा पालिका

संविधानको धारा ५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने उल्लेख छ । सङ्घ र प्रदेश जस्तै स्थानीय तहलाई पनि ‘सरकार’ को दर्जा प्रदान गरिएकाले स्थानीय तह पहिलेको जस्तो विकेन्द्रित अधिकारको प्रयोगकर्ता नभई अधिकारप्राप्त कानुनी निकायका रूपमा स्थापित र सञ्चालित छ । स्थानीय तह स्रोतसाधन र अधिकारका दृष्टिले एकाएक […]

त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किने…

काठमाडौँ, भदौ १६ गते । सासु भन्छिन् अल्छी भाछेस् रिस तेरो नाकमा लोग्ने भन्छन् पहिलेजस्तै बस काखमा । यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सुक्ष्म अभिव्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा […]

स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब

दैलेख, भदौ ७ गते । नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल