alliance khabar

मंगलबार, आषाढ १०, २०८२

गौर, असार १० गते ।

 गौर नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको छ । गौर नगरपालिकाको १६ औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख शम्भु साहले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना एवम् उद्यमशिलता प्रवर्धनमा जोड दिनुभएको छ ।

उहाँले सबै किसिमको विभेद र असमानता अन्त्य, वातावरणमैत्री विकासमा जोड, व्यवस्थित शहरको विकास एवम् दिगो विकास, स्वच्छ समृद्ध गौर नगरको निर्माण गर्ने बताउनुभयो ।

नगरप्रमुख साहले अगामी आर्थिक वर्षका लागि युवा, शिक्षा तथा खेलकुद विकास, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार,शहरी विकास र भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, सहकारी तथा संघसंस्था, कानुन र न्याय सार्वजनिक सेवा, सुशासन र क्षमता विकास तथा राजस्व र वित्त व्यवस्थापनको समुचित विकासमा जोड दिइएको जानकारी दिनुभयो ।

यसैगरी, गौर नगरपालिकाले बहुप्रतिक्षित घयटाघर, कोल्डस्टोर, विवाह भवन निर्माण, प्रवेशद्वार, रिभर ट्रेनिङ्ग, टाउन हाल, पक्की सडक निर्माण,झोलुङ्गे पुल निर्माण लगायतका कार्यहरु गरिएको बताउँदै गौर नगरपालिका मधेश प्रदेशमा पहिलो स्थान तथा सामाजिक सुरक्षामा देशमै पहिलो स्थान हासिल गरेको उहाँले स्पष्ट पार्नुभयो ।नगरसभा गौर नगरपालिकाका नगर उपप्रमुख

शैलदेवीको तर्फबाट वडाध्यक्ष एवम् नगर प्रवक्ता अर्जुन सिँहले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६१ करोड १५ लाखको बजेट प्रस्तुत गर्नुभएको गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुरले बताउनुभयो ।

नगरसभाले मधेश प्रदेशका जिल्लास्थित कार्यालयहरुबाट गौर नगरपालिकामा योजना तथा कार्यक्रम सञ्चालन गर्दा नगरपालिकासँग कुनै सहकार्य तथा समन्वयमा सञ्चालन नगर्नाले प्रायः योजनाहरु दोहोरोपन गरिएको पाइनुका साथै सडक, भवनका मापदण्ड पूरा नगरिएको, साविक सडकको संरचना बिग्रिकाले यस किसिमको एकहोरो कार्यले प्रदेश सरकारमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल