alliance khabar

बुधबार, आषाढ ११, २०८२

म्याग्दी, असार ११ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

मङ्गलबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न भएको गाउँसभाको २१ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले ६० करोड ७६ लाख दुई हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारा सहितको नीति तथा कार्यक्रम र बजेट निर्माण गरेको छ ।

उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपियाँ र पुँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीन सय ५८ रुपियाँ प्रस्ताव गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजस्व बाँडफाँट १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपियाँ रहेको छ । यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँटबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजस्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपियाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यस्तै, आगामी आर्थिक वर्षको लागि अल्यातर्फ अनुमानित आठ करोड ५५ लाख ५२ हजार चार सय ४८ रुपियाँ अनुमान गरिएको उपाध्यक्ष पुनले बताउनुभयो ।

प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ २७ करोड ६८ लाख ५२ हजार, भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख र ४४ हजार रुपियाँ रहेको छ ।

त्यसैगरी, स्वास्थ्य, आयुर्वेद तथा योगतर्फ पाँच करोड ४३ लाख ४४ हजार, युवा तथा खेलकुद विकासअन्तर्गत खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गर्न १२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रअन्तर्गत स्थानीय भाषा तथा संस्कृति संरक्षण एवम् प्रवर्धनका लागि २४ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५९ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ५६ लाख ३० हजार तथा फोहोरमैला व्यवस्थापन गर्न छ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

भवन, आवास तथा सहरी विकासअन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न एक करोड १२ लाख रुपियाँ विनियोजन भएको छ भने ७ नम्बर वडा हिस्तानसहित अन्य सामुदायिक भवन तथा आवासको लागि ११ करोड २९ लाख ९४ हजार रुपियाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ दुई करोड २३ लाख रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।

गाउँसभामा यसअघि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक पुष्पा बानियाँ बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम, बजेटसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

यसैगरी, म्याग्दीका ६ वटै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समयमै ल्याएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल