पाँचथर, असोज १८ गते । याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो क्षति भएको थियो । यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ […]
काठमाडौँ, असोज १८ गते । नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा ४२० किलोलिटर (चार लाख २० हजार लिटर) क्षमताको इन्धन भण्डारणगृह निर्माण सुरु गरेको छ । कर्णालीमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यसहित डिजेल २८० किलोलिटर क्षमता (दुई लाख ८० हजार लिटर) र पेट्रोल १४० किलोलिटर (एक लाख ४० हजार लिटर) क्षमताको भण्डारणगृह निर्माण सुरु गरिएको […]
भैरहवा, असोज १८ गते । उत्तरी नाकाबाट हुने आयात सडक अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्र्याउने क्रम बढ्दा रुपन्देहीको भैरहवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढेको छ । बाढीपहिरो र डुबानका कारण देशका विभिन्न सडकसमेत प्रभावित भएपछि भैरहवा नाकामा आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउनसमेत समस्या देखिएको छ । चीनसँग जोडिएका रसुवागढी, तातोपानी र कोरला नाकाबाट नियमित […]
तुलसीपुर (दाङ), असोज १८ गते । भापमा पाकेको तातो ढिक्री र थारू समुदायको परम्परागत स्वाद बोकेको घोंगी…। थारू भान्सामा परापूर्वकालदेखि पाक्दै आएका यस्तै मौलिक परिकारहरू अब गाउँघर र पर्वमा मात्र सीमित छैनन् । यी परिकारलाई बजारीकरण गरेर आम्दानीको स्रोत बनाउन थालिएको छ । शनिबार मात्रै दाङको घोराहीमा थारू समुदायका परम्परागत परिकारहरू उपलब्ध गराउने उद्देश्यले ‘ढिक्री […]
काठमाडौँ, असोज १८ गते । नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । नेपाल मौसम विज्ञान विभागले शनिबारदेखि पश्चिमी क्षेत्रबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ । लुम्बिनी र गण्डकी प्रदेशको पश्चिम क्षेत्रबाट पनि धेरै मात्रामा मनसुन बाहिरिएको छ । […]
काठमाडौँ, असोज १६ गते । निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न सक्ने गरी विद्युत् नियमन आयोगले प्रसारण शुल्क निर्धारण गरेको छ । प्रसारण लाइन गणनासम्बन्धी मापदण्डका आधारमा यस्तो शुल्क निर्धारण गरिएको आयोगले जनाएको छ । प्रसारण लाइनमा खुला पहुँच स्थापित गराउने नीति अनुसार अयोगले प्राधिकरणमातहतका राष्ट्रिय प्रसारण ग्रिड प्रयोगका लागि शुल्क सार्वजनिक गरेको हो । आयोगका […]
रौतहट, असोज १६ गते । वर्षौँदेखि जीर्ण छानामुनि बस्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–१ मङ्गलपुरस्थित सुकुम्बासी बस्ती (नयाँबस्ती) का बासिन्दा घरमा नयाँ जस्तापाता लाग्न थालेपछि खुसी भएका छन् । २०५० सालको बाढीबाट विस्थापित जिल्लाका बाढीपीडित परिवारलाई पुनर्वासका लागि ताइवान सरकारको सहयोगमा निर्माण गरिएको उक्त बस्तीका घरका छाना जीर्ण भएर वर्षायाममा पानी चुहिने समस्या थियो । चन्द्रपुर […]
गलकोट (बागलुङ), असोज १६ गते । गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन निर्माण भएको पाँच वर्ष मात्रै भएको थियो। तीन रोपनी जग्गामा निर्माण गरिएको भवनको रङसमेत बिग्रिएको थिएन। स्थानीयवासीको सहयोगमा जग्गा खरिद गरी नगरपालिकाको ८० लाख रुपियाँ लागतमा निर्माण गरिएको वडा कार्यालय भवन असोज ११ गते आएको बाढीले दरमखोलामा बगाएको छ। दरमखोलामा आएको बाढीको कटानले […]
घोराही, असोज १६ गते । बाढीले क्षति पुर्याएको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गतको ग्वारखोला पुल मर्मत गर्न थालिएको छ। असोज ९ गते वर्षासँगै आएको बाढीका कारण पुलको पूर्वी भागमा क्षति पुगेपछि सवारीसाधन सञ्चालन बन्द गरिएको थियो। नयाँ पुल निर्माणका लागि पुरानो पुलको स्ल्याबमुनि जग खन्ने क्रममा अविरल वर्षा र खोलामा आएको बाढीका कारण पहिले फिलिङ गरिएको माटो भासिएपछि […]
मुक्तिनाथ (मुस्ताङ), असोज १६ गते । मुस्ताङमा अविरल वर्षासँगै आएको बाढीपहिरो तथा कालीगण्डकी र सहायक नदीको कटानका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ। उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत जिल्लाभित्रको सडकखण्ड बिहीबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो। गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण म्याग्दीको सीमासँग जोडिएको थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र तथा लो–घेकर र […]