काठमाडौं, माघ १४ गते । सत्तारुढ दलहरुको बैठकले संसदको हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानून निर्माण गर्ने अधिवेशनका रुपमा अघि बढाउने निर्णय गरेको छ । सोमवार बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले १८ गतेबाट सञ्चालन हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरुपमा एउटै आवाज उठाउने निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सङ्घीय संसद्को आसन्न हिउँदे अधिवेशनमा […]
काठमाडौँ, माघ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले बताउनुभयो । उहाँका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारी समेत नदिइएको भन्दै […]
पोखरा (कास्की), माघ १४ गते । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं. १० घर भएका वर्ष २२ का ईश्वर श्रेष्ठ र स्याङ्जा भीरकोट नगरपालिका वडा नं. ३ घर भएकी वर्ष २९ की पुजा श्रेष्ठलाई पक्राउ गरेको हो। इलाका प्रहरी […]
सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई चामत्कारिक सुविधा दिएको छ । साथै बैङ्किङ क्षेत्रमा पनि कारोबारको भुक्तानीमा चामत्कारिक परिवर्तन आएको छ । भौतिक मुद्राको प्रयोग न्यूनीकरण हुँदै गएको र विद्युतीय कारोबार अर्थात् डिजिटल कारोबार बढ्दै गई जनजीवन अत्यन्त सुविधाजनक हुन पुगेको छ । यद्यपि भुक्तानीमा आएको यो सुविधासँगै धेरै खाले जोखिम पनि देखिएका छन् । जसलाई न्यूनीकरण गर्नु चुनौतीपूर्ण हुँदै […]
घोराही (दाङ), माघ १३ गते । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट […]
तुलसीपुर, माघ १३ गते । तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान दुई बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको […]
संसारका हिन्दु मन्दिरमध्ये ‘पद्मनाभ स्वामी’ को मन्दिर निकै प्रसिद्ध छ । ‘पद्मनाभ स्वामी’ भगवान् विष्णुको एक नाम हो । यस मन्दिरको अर्को नाम ‘अनन्तशयनम्’ पनि हो । भगवान् विष्णुका १०८ उल्लेख्य मन्दिरमा पद्मनाभ मन्दिर पनि पर्छ । तिरुवनन्तपुरम् भारतको केरल प्रदेशस्थित त्रिवेन्द्रम्मा यो मन्दिर रहेको छ । त्रिवेन्द्रम्को पुरानो नाम तिरुवनन्तपुरम् हो । तिरुवनन्तपुरम् उहिले ‘त्रावणकोर’ देशको राजधानी थियो । तिरुवनन्तपुरम्लाई पहिले […]
बागलुङ (ढोरपाटन), माघ १३ गते । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका हुन् । बलेवाका ५२ किसानले झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी कागती लगाएका छन् । विसं २०७७ देखि ‘चासो कृषक समूह’ले […]
काठमाडौँ, माघ १३ गते । काठमाडौँ उपत्यकाका विभिन्न सडक किनारमा पाँच वर्षअघि जडान गरिएका ‘फायर हाइड्रेन्ट’ हालसम्म सञ्चालन हुन सकेका छैनन् । अहिलेसम्म ‘फायर हाइड्रेन्ट’ लाई मेलम्चीको पानी वितरण प्रणालीमा समेत जडान गर्न सकिएको छैन । मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने भन्दै काठमाडौँ उपत्यकाभित्रका सडक किनारमा ‘फायर […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ । काममा कठिनाइ सहनु पर्ला, होसीयारी पूर्वक गर्नुहोला । यातायातका साधनबाट पनि जोगिनु होला । वृष ( इ, उ, ए, ओ, वा, […]