काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो। ‘चुनावमा भाग लिन […]
काठमाडाैं, पुस ११ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताउनुभएको छ । शुक्रवार आयोगको कार्यालयमा मिडिया सेन्टरको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नभन्दा आयोग धेरै अघि पुगिसकेको उहाँको भनाइ छ […]
काठमाडौँ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गर्नुभएको छ । माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले माओले देखाउनुभएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण तथा जनताको वास्तविक लोकतन्त्र स्थापना […]
रेसुङ्गा(गुल्मी), पुस ११ गते । इस्मा गाउँपालिका–१ को विपि पार्क खेल मैदानमा सञ्चालन भएको छैठौँ फोर्टिन स्टार कप अन्तर विद्यालय स्तरीय फुटवल प्रतियोगीतामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् । जिल्लाका महेन्द्र मावि, रेसुङ्गा मावि, उपल्लो तम्घास मावि र पालुखा मावि सेमिफाइनलमा प्रवेश गरेका हुन् । बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा महेन्द्र माविले सिद्धबाबा माविलाई […]
बुटवल, पुस ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौँ केन्द्रीय महाधिवेशनको बिहीबार रुपन्देही तिलोत्तमामा उद्घाटन गर्दै कांग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएको हो । […]
सुलीकोट, पुस ११ गते । गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाईड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढी गण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो । यो आयोजनाबाट कुल ३२९.४ मेगाबाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । जसले राष्ट्रिय विद्युत […]
जमुनाह (बाँके), पुस ११ गते । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या […]
काठमाडौँ, पुस ११ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको […]
काठमाडौँ, पुस १० गते। शम्भु-निर्मला विशिष्ट साधक सम्मान–२०८२ बाट महासमालोचक प्रा. डा.वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ । वरिष्ठ गायक शम्भु कुमार मिलनको ५औँ वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भु निर्मला कला साहित्य समाजद्वारा काठमाडौँमा आयोजित समारोहमा साहित्य तर्फबाट महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र संगीत तर्फबाट वरिष्ठ गायिका मीरा राणालाई शम्भु निर्मला विशिष्ट […]
काठमाडौँ, पुस १० गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो। ‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु’, उहाँले भन्नुभयो, ‘एकवर्ष अघि ०८१ पुस […]