alliance khabar

शुक्रबार, बैशाख ०४, २०८३

दशरथचन्द (बैतडी), वैशाख ४ गते ।

 बैतडीमा मातातीर्थ औँसीको अवसरमा १९ जना ज्येष्ठ आमालाई सम्मान गरिएको छ । जिल्लाको पाटन नगरपालिका-९ स्थित सिद्धेस्वर नमुना मावि हुक्केडाँडाले ज्येष्ठ आमाहरूलाई सम्मान गरेको हो ।

विद्यालय सेवा क्षेत्रभित्र रहेर सेवा दिनुभएका ६८ वर्ष उमेरमाथिका १९ जना ज्येष्ठ आमालाई दोसल्ला ओडाएर सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार कलावती भाट, पार्वती महरा, जानकी भाट, रामा भाट, रोहिना मडै, कल्सा महरा, जैमती महरा, रोहिना महरा, दूरा महरा, कृष्णा चन्द, मानमती महरा, मानमती महरा, हरिना लुहार, काली लुहार, परु महरा, अन्फा महरा, कलावती भाट, जस्मा महरा र जानकी भाट सम्मानित हुनुभएको छ ।

हरेक नागरिकले आमालाई माया र सम्मान गर्नुपर्नेमा विद्यार्थीको भावनात्मक विकास होस् भन्ने उद्देश्यले आमा सम्मान कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल