सप्तरी, पुस १३ गते । सप्तरीको राजविराज नगरपालिकामा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पु¥याउने उद्देश्यले नेपाली सेना श्री बरख गणले दाउरा वितरण गरेको छ । श्री बरख गणबाट सेनानी भरत गिरीको कमाण्डमा १/१६ नफ्रि टोली खटिएर राजविराज नगरपालिका वडा नम्बर २, ५ र ७ का विभिन्न स्थानमा दाउरा वितरण गरिएको हो । राजविराजस्थित […]
म्याग्दी, पुस १३ गते । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुन: अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी […]
गलकोट (बागलुङ), पुस १३ गते । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् […]
झापा, पुस १३ गते । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबर मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिनुभयो […]
काठमाडौँ, पुस १३ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार […]
काठमाडौँ, पुस १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । आइतबार भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ […]
काठमाडौँ, पुस १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’ बालुवाटार पुग्नुभएका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष […]
जाजरकोट, पुस १२ गते । फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी जाजरकोटले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभातर्फ दुई गरी १३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो । सात वटा स्थानीय तहमा एकता सन्देश सभा […]
फिदिम, पुस ११ गते । ‘यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथ्यो भने बसाइ सरिसकेको हुन्थेँ, यसले दिने आम्दानी सम्झेर अडिएको छुँ’ पाँचथरको फाल्गुनन्द –७ का लिलाबल्लभ नेपाल (दुर्गा) ले भन्नुभयो । आफ्ना दौंतरीहरु धेरै बसाई सरेर झापातिर झरिसके पनि लिलाबल्लभ गाउँमै खेतीपाती गरेर रमाइरहनु भएको छ । ‘छोराछोरी कोही विदेश त कोहि काठमाडौं पुगिसके, छिमेकी र इष्टमित्र […]
काठमाडौं, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक […]