रेसुङ्गा(गुल्मी) फागुन २४ गते। गुल्मीमा आजबाट प्रतिनिधि सभा समानुपातिक तर्फको मतगणना हुने भएको छ । बिहान १० बजेबाट समानुपातिकतर्फ क्षेत्र नम्बर १ को मत जिल्ला समन्वय समितिको हल र क्षेत्र नम्बर २ को मत रेसुङ्गा बहुमुखी क्याम्पसमा गणना गरिने निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले मतगणनाका लागि उम्मेदवारका प्रतिनिधिलाई बिहान ९ः३० बजे […]
फिदिम, फागुन २४ गते। पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित हुनुभएको छ। उहाँले श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो। निर्वाचित केरुङले १७ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शेर्माले १४ हजार ७३४ मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा (एमाले) का […]
दाङ, फागुन २४ गते । दाङका तीन वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी हुँदै ‘क्लिन स्विप’ गरेको छ । दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपिन कुमार आचार्य र दाङ–३ मा कमल सुवेदी भारी मतान्तरसहित निर्वाचित हुनुभएको हो । २०७९ सालको निर्वाचनमा भने दाङका तीन वटै क्षेत्रमा रास्वपा तेस्रो स्थानमा रहेको थियो । […]
कलैया, फागुन २३ गते । बारामा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् भने बाँकी एक क्षेत्रमा पनि पार्टीका उम्मेदवारले स्पष्ट अग्रता कायम राखेका छन् । बारा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार गणेश धिमाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित […]
नारायणगढ, फागुन २३ गते । चितवन १ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका हरि ढकाल भारी मतान्तरले निर्वाचित हुनुभएको छ । उहाँको जितसगैँ चितवनमा रास्वपाले क्लिनस्विप हानेको छ । पूर्व सासादसमेत रहनु भएका ढकालले ५८ हजार २०८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेन्द्र वुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गर्नुभएको […]
तानसेन, फागुन २३ गते । पाल्पा–१ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सन्दीप राना विजयी हुनुभएको छ । १८ हजार ३३६ मतसहित राना विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत ल्याउनुभएको छ । राना एक हजार ५१७ मत अन्तरले विजयी हुनुभएको हो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार […]
उर्लाबारी, फागुन २३ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनुभएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को कार्यालयले शनिबार राति सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन […]
फुङलिङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी हुनुभएको छ । नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूलाई फराकिलो मतान्तरले पराजित गर्दै थेवे विजयी हुनु भएको हो । थेवेले १३ हजार ९८२ मत प्राप्त गर्नुभएको छ भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गर्नू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन […]
म्याग्दी,फागुन २३ गते । म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुन १४ हजार नौ सय ३१ मतान्तरसहित निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । […]
गौशाला (महोत्तरी), फागुन २३ गते । प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतोले जानकारी दिनुभयो । उहाँको निकटतम […]