काठमाडौँ, माघ १२ गते । सेवाग्राहीको सहयोगका लागि सरकारी कार्यालयहरूमा स्थापना गर्नुपर्ने सहायता कक्ष अधिकांश सरकारी कार्यालयमा नरहेको पाइएको छ । सहायता कक्ष राखिएका कार्यालयमा पनि कर्मचारी नै बस्दैनन् । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरू कुन कोठामा कसलाई भेट्ने भन्ने अन्योलमा पर्छन् । यस्तो अलमलले कतिपय सेवाग्राहीलाई थप पीडा पुग्ने गर्छ । सम्बन्धित अधिकारी नभेट्दा […]
काठमाडौँ, माघ १२ गते । महान्यायाधिवक्ता रमेश बडालले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधित कानुनी व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीलगायतका निकायलाई सम्बद्ध कसुर जोडिएको हकमा मात्र अनुसन्धान अधिकार दिइएको स्पष्ट पार्नुभएको छ । सम्पत्ति शुद्धीकरण कसुर र अनुसन्धानका विषयमा समेत पछिल्लो समय गलत बुझाइ भएको भन्दै महान्यायाधिवक्ता बडालले यस्तो बताउनुभएको हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्पूर्ण अनुसन्धान सम्पत्ति शुद्धीकरण […]
काठमाडौँ, माघ ११ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रले जनतालाई वास्तविक अर्थमा जनार्दन बनाएको बताउनुभएको छ। जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयनका लागि यसको वस्तुगत समीक्षा र परिमार्जनका लागि छलफल अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। “तपाईँहरूबाट प्राप्त हुने सकारात्मक सुझावलाई […]
काठमाडौँ, माघ १२ गते । देशव्यापी रूपमा कतै घाम, कतै बादल र कतै हुस्सु–कुहिरोयुक्त मौसमसँगै वायु प्रदूषणको मात्रा आकासिँदै गएको छ । सुदूरपश्चिम र कर्णालीका केही भेगमा बदली र वर्षाको प्रणालीले वातावरण धुमिल बनाएको छ । मध्य नेपालको पहाडी भेगमा दुई दिनयता तापक्रम ह्वात्तै बढेको छ । तराईमा हुस्सु र कुहिरोको मात्रा बढेकाले धुम्म आकाश […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष योजना गोप्य राख्नुहोला । बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्मविश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ । वृष (इ, उ, ए, ओ, […]
काठमाडौँ, माघ ११ गते : २० वर्ष पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाई पत्रु गर्ने व्यवस्था कार्यान्वयन गर्न कार्यदल निर्माण भए पनि काम हुन सकेको छैन । वातावरण प्रदूषण र सवारी दुर्घटनाको जोखिम बढेपछि यातायात व्यवस्था विभागले एक महिनाअघि कार्यदल बनाएको थियो तर यातायात व्यवस्थापनका सम्पूर्ण अधिकार प्रदेश सरकारको भएकाले विभागले मात्रै काम गर्न नसक्ने भएको […]
जनकपुर, माघ ११ गते : मधेश प्रदेश सभामा पेस भएको प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक फिर्ता गर्न माग गरेको छ । प्रदेश सभाको बिहीबार बसेको चौथो अधिवेशनको ११ औँ बैठकमा प्रदेश सांसदहरूले सो माग गरेको हो । सांसदहरूले शून्य समयमा बोल्दै बुधबार संसद्मा पेस भएको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता गर्न माग […]
ताप्लेजुङ, माघ ११ गते : ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले जानकारी दिनुभयो । थापा मगरका अनुसार यस वर्ष खेती विस्तारसँगै सुन्तला […]
काठमाडौँ, माघ ११ गते : सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार सो प्रदेशमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र सात दशमलव ७१ प्रतिशतले ह्रास भएको छ । यस्तै, त्यस्ता बालीको उत्पादन दुई दशमलव ८५ प्रतिशतले बढेको छ । […]
धनगढी, माघ ११ गते : कैलालीमा विद्यालयको गेट खस्दा टाउकोमा चोट लागेर विद्यार्थीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–९ गदरियास्थित जनता माध्यमिक विद्यालयको मुख्य गेट एक्कासि खस्दा सोही ठाउँका करिब ८ वर्षीय प्रवेश रानाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, वर्ष ८ का समीर चौधरी घाइते भएका छन् । टाउकोमा […]