एक महिनामा तीन अर्ब ४६ करोड ६३ लाखको ‘स्मार्टफोन’ आयात

काठमाडौँ, भदौ ८ गते । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोड रुपियाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले एक खर्ब २८ […]

प्रदेश मन्त्रालयले गर्‍यो १२४ कर्मचारीको सरुवा

नेपालगन्ज, भदौ ८ गते । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयले १२४ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौँ तहसम्मका १२४ जना कर्मचारीको सरुवा गर्नुभएको हो । मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ […]

फरार थुनुवा बिर्तामोडमा फेला

बिर्तामोड, भदौ ८ गते । चार दिनअघि उपचारमा गएको बेला हतकडी फुस्काई फरार भएका इलाका प्रहरी कार्यालय बिर्तामोडका थुनुवा विशाल राईलाई शनिबार पक्राउ परेका छन् । अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा रहेको घिसिङ मोटरसाइकल ग्यारेज छेउको चिया पसलको भित्रपट्टी चुरोट खाई बसिरहेको अवस्थामा राईलाई बिहान ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार […]

पेरिसडाँडामा माओवादीको उपत्यका प्रदेश पदाधिकारी बैठक

काठमाडौँ, भदौ ८ गते । नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूले धारणा राखिरहनुभएको छ । बैठक आज सम्पन्न हुने छ ।

तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा

काठमाडौँ, भदौ ८ गते । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वास्थ्य अवस्थाबारे बुझ्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहनुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ […]

तनहुँ बस दुर्घटना : १६ शवको पोष्टमार्टम, आजै महाराष्ट्र पठाइने

नारायणगढ, भदौ ८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा. कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरुको टोलीले शवको पोष्टमार्टम […]

टिकटक खुला गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ ६ गते। सरकारले सर्तसहित टिकटक खुला गर्ने निर्णय गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको […]

स्थानीय तहमा बेथिति, मनोमानी खर्च गर्दा बेरुजु डेढ अर्ब

दैलेख, भदौ ७ गते । नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने भन्दा पनि आफू अनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बेरुजु बढ्दै गएको छ । कानुनविपरीत सेवा सुविधा, अबन्डा बजेट, सवारीसाधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, गुरुयोजना निर्माण, उपभोक्ता समितिमार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी […]

बरन्डाबाट लडेर वृद्धाको मृत्यु

हेटौँडा, भदौ ७ गते । हेटौँडामा लडेर शुक्रवार बिहान एक वृद्धाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर स्थित ओम्याक्स हल अगाडि. बिहान चार बजे स्थानीय ७६ वर्षीया शंखमाया लामाको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लामाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट लडेर घटनास्थलमै मृत्यु भएको छ । […]

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

नेपालगञ्ज (बाँके), भदौ ७ गते । सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल