Alliancekhabar

बिहिबार, कार्तिक १५, २०८१

खजुरा, कात्तिक १५ गते : नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायी मर्कामा परेका हुन् ।

सिमापारीबाट आउने अवैध फूलमालाहरु स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको भन्दै पुष्प व्यवसायीले गुनासो गरेका छन् । भारतबाट बिनाचेकजाँच, बिना भन्सार र बिना क्वारेन्टाइन अवैध रुपमा नेपाल आउने प्लाष्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरु मर्कामा परेको र विस्थापित हुँदै जान थालेको बताउनुहुन्छ फ्लोरीकल्चर एसोसिएसन नेपालका आजीवन सदस्य तथा नेपालगन्जकी पुष्प व्यवसायी महिला उद्यमी बिन्दु चर्तीमगर ।

“भारतबाट बिना भन्सार, बिना क्वारेन्टाइन र बिना चेकजाँच विभिन्न किसिमका फूलमालाहरु बाँके जिल्लाका सहरमा आउने गर्दछन्, हामीले वर्षभरि दुःख गर्छौं, उत्पादन गर्छौं, हाम्रो मूल्य नै आउँदैन ।” महिला उद्यमी चर्तीमगरले भन्नुभयो, “पारीबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गर्दछ, हामीले मूल्य पनि पाउँदैनौं, भने जस्तो पनि बिक्री हुँदैन, पछिल्लो समयमा विस्तारै पुष्प व्यवसायीहरु यो पेसाबाट विस्थापित हुँदै जान थाल्नुभएको छ ।”

वागेश्वरी मन्दिर वरिपरि सडकभरि खाट र ठेलासमेत लगाएर भारतीय फूलमाला बिक्री हुँदा पनि स्थानीय सरकारले केही नगरेकोप्रति चर्तीमगरले गुनासो गर्नुभयो । “वागेश्वरी मन्दिर वरिपरी बिना दर्ताका पसलहरुले सडकनै ढाक्ने गरी खाट र ठेलामा भारतीय फूलमाला बिक्री गरिरहेका छन, मेयरसाबसँग कति पटक यसबारेमा कुरा राख्यौं, तर सुनुवाइ हुँदैन ।” उहाँले भन्नुभयो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ की पुष्प व्यवसायी अरुणा गुरुङले अवैध रुपमा आउने भारतीय फूलमालाले गर्दा अब व्यवसायलाई निरन्तरता दिन गाह्राे पर्ने बताउनुभयो । “बीउ, मल, कामदार लगायतमा खर्च आउँछ, पारिबाट आउने फूलमालासँग हामीले प्रतिस्पर्धा नै गर्न सक्दैनौँ, त्यो रेटमा हामीले दिनै सक्दैनौँ, यस्तै भइरहे उताबाट आउने अवैध फूलमालामा रोकावट नभए अब कुनै पनि पुष्प व्यवसायीले यो पेसालाई निरन्तरता दिन सक्दैनन् ।”

नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले उपमहानगरको मात्र प्रयासले भारतबाट आयातित हुने फूलमालालाई प्रतिबन्ध गर्न नसकिने बताउनुभयो । “हाम्रो मात्र प्रयासले यो समस्या समाधान गर्न सक्दैनौं, भारतबाट फूलमाला लगायतका वस्तु आयात रोक्नका लागि सङ्घीय सरकाले नीति बनाउनुपर्छ ।” नगरप्रमुख विष्टले भन्नुभयो, “राज्यले नीति बनाएर भन्सारबाट कडारुपमा प्रतिबन्ध लगाएमा मात्र यो समस्या समाधान हुन्छ ।”

तिहारका समयमा नेपालगन्जको वागेश्वरी मन्दिरक्षेत्र वरिपरि, धम्बोझी चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, पुष्पलाल चोक, बिपी चोक, भानुभक्त चोक, कारकाँदो चोक लगायतका मुख्य चोकहरु र बजार क्षेत्रमा भारतबाट आयातित गरिएका फूल तथा मालाको बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल