Alliancekhabar

बिहिबार, कार्तिक १५, २०८१

स्याङ्जा, कात्तिक १५ गते : अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालन गर्ने कृषकलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालन गर्दै आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रोत्साहन रकम दिन लागेको हो ।

सांस्कृतिक एवं धार्मिक महत्व बोकेकोे राष्ट्रिय जनावर गाई पालन गर्नेको सङ्ख्या घटिरहँदा पालिकाले यो अभियान ल्याएको हो।

अर्जुनचौपारीको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालनका लागि इच्छुक गाईपालकका लागि पालिकाले आवेदन खुलाइएको हो ।

अर्जुन चौपारी गाउँपालिकाभित्रका बसोबास गर्ने इच्छुक गाईपालक किसानलाई लालपूर्जाको प्रतिलिपि÷जग्गा भाडामा लिएको भए कम्तीमा पाँच वर्षको लागि भाडामा लिएको सम्झौतापत्रको उपलब्ध गराउने माग गरिएको छ ।

यस्तै, गोठसहित गाई धनी देखिने गरी गाईको फोटो, दुई जना छिमेकीको सिफारिस, वडा कार्यालयको सिफारिससहित आवेदन पेश गर्न पालिकाले भनेको छ ।

पालिकाबाट छनौट भएका आवेदकलाई गाईपालन गर्ने समयसम्म एक गाई पाले वापत मासिक एक हजार रुपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताउनुभयो ।

गहुत, गोबरको महत्व रहेको पहाडे गाईको  दुध पौष्टिक हुने भएकाले गाईको सरक्षणमा पालिका जुटेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

पशुपालन माध्यमबाट पालिकालाई आत्मनिर्भर गराउने उद्देश्य पालिकाको रहेको बताउँदै तिवारीले भैँसी किन्न नसक्ने विपन्नका लागि राम्रो हुने बताउनुभयो ।

गाईपालनको लागि अहिले घाँस प्रशस्त रहेको बताउँदै तिवारीले पालिकामै नवग्रह मन्दिर बन्दै गएकाले गाई पालनको महत्व अझै बढ्ने बताउनुभयो ।

गाउँमा एक दुई जनाले गाई पालेमा गहुत, गोबर, दुध तथा दान गर्ने प्रक्रियामा गाईलााई प्रयोग गरेर आय आर्जन गर्न सकिनेछ ।

भैँसी, बाख्रालगायतका पशु तथा कृषि क्षेत्रमा प्रतिशतको आधारमा दिने अनुदान प्रभावकारी नभएकाले पालिकाले गाईपालनमा याो विधि अपनाएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल