काठमाडौँ, चैत २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २० र आलु रातो […]
तनहुँ, चैत २० गते । तनहुँका २२ वटै परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ । छिटो, व्यवस्थित र समयमै नतिजा प्रकाशन गर्ने उद्देश्यसहित सरकारले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्न निर्देशन दिएपछि जिल्लाभर सोहीअनुसार कार्य अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका सूचना अधिकारी […]
काठमाडौँ, चैत २० गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
काठमाडौँ, चैत १९ गते । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको हो । अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने […]
काठमाडौं, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उहाँले सिङ्गो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गर्नुभयो । […]
काठमाडौं, चैत १९ गते । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो । पेट्रोलको मूल्य अधिकतम प्रतिलिटर करिब २०२ रुपियाँ र डिजेल र मट्टितेलको मूल्य करिब १८२ रुपियाँ प्रतिलिटरसम्म पुगेको छ। यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर […]
रौतहट, चैत १९ गते। रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ। नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा एकीकृत दलित बस्ती निर्माण हुन लागेको नगरप्रमुख रीना कुमारी साहले जानकारी दिनुभयो। झोपडीमुक्त नगरपालिका बनाउने नगरवासीसँग गरिएको वाचा पूरा गर्न कुनै कसर बाँकी नराखिने उहाँले बताउनुभयो। नगरप्रमुख साहले बुधबार […]
काठमाडौँ, चैत १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुशासन एकाइ स्थापना गरेको छ । नयाँ सरकार गठनलगत्तै यही चैत १३ गते मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो एकाइ स्थापना गरिएको हो । सुशासन (व्यवस्थापन तथा […]
काठमाडौँ, चैत १९ गते । दक्षिण पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण युरोप, अमेरिकालगायत प्रमुख गन्तव्यबाट नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२६ को मार्चमा दक्षिण एसियाली र चीनबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा बढे पनि युरोप तथा अमेरिकालगायत प्रमुख गन्तव्यबाट आउने पर्यटकको आगमनमा भने युद्धको प्रभाव देखिएको […]
काठमाडौँ, चैत १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठको समूहले उम्मेदवारी दिएको छ । श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहने गरी केन्द्रीय सदस्यसहितको समूहको घोषणा भएको हो । श्रेष्ठको समूह अन्तर्गत कार्यकारिणी सदस्यमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गाप्रसाद सुवेदी, नीराजनबहादुर चलाउने, सागर […]