alliance khabar

मंगलबार, आषाढ ३०, २०८३

तनहुँ, असार ३० गते ।

 लगातारको वर्षासँगै तनहुँका नदी किनार र सडकखण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्लाभित्र बग्ने मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकीलगायत साना–ठूला नदी तथा खोलाका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ।

प्रशासनले राजमार्ग तथा भित्री सडक प्रयोग गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न आग्रह गरेको छ। निरन्तर वर्षाका कारण पहिरो, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले आवश्यक सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँका सुरक्षा निकाय, सडकसँग सम्बन्धित कार्यालय तथा स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको बताउनुभयो। उहाँले नागरिकलाई अनावश्यक आवतजावत नगरी सुरक्षित स्थानमा बस्न तथा कुनै समस्या परे तत्काल जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, नेपाल प्रहरी वा सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गर्नुभयो।

प्रशासनका अनुसार धादिङ र चितवनतर्फ जाने सडक अवरुद्ध भएपछि सोमबार साँझदेखि तनहुँको कोत्रे र आँबुखैरेनी नाकाबाट ती क्षेत्रतर्फ जाने सवारीसाधन रोकिएका छन्। आँबुखैरेनी गाउँपालिका–२ स्थित पृथ्वी राजमार्गमा सोमबार राति करिब १० : २० बजे लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि आँबुखैरेनी–मुग्लिन सडकखण्डमा साना–ठुला ढुङ्गा खस्ने तथा थप पहिरो जाने जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल