मधेसमा स्वास्थ्य बिमा गराउने साढे सात लाख बढी

धनुषाधाम,  साउन १९ गते ।  मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या सात लाख ५० हजार नाघेको छ । सरकारले नागरिकलाई सहज र सुलभ रूपमा सरकारी स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउन ल्याएको यस कार्यक्रमअन्तर्गत यही साउन १६ गतेसम्म प्रदेशका आठै जिल्लाबाट सात लाख ७९ हजार दुई सय ६५ जनाले स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा बोर्डका […]

जङ्गली जनावरको आतङ्कले खेतबारीमै बास

बैतडी, साउन १९  गते । जङ्गली जनावरले मकैबालीलगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पु-याउने गरेको छ ।  दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर […]

खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना

कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् । गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् । “यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका […]

सप्तकोशी नदीमा पानीको वहाव उच्च

इनरुवा (सुनसरी),  साउन १९ गते । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो । आज  बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले […]

प्रधानमन्त्री दुबईमा

दुबई, साउन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । उहाँलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल […]

अनाथ तथा विपन्नका लागि सुविधायुक्त छात्रावास

बाजुरा, साउन १८ गते । बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् । २०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ […]

एक वर्षमा दस अर्बको भौतिक पूर्वाधार निर्माण

धनगढी, साउन १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा १० अर्ब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा त्यति बजेट खर्चेर प्रदेशमा सडक, भवन, सडक पुल, कुलोलगायतका भौतिक पूर्वाधार निर्माण गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माले बताउनुभयो । यस आर्थिक वर्षमा मात्र प्रदेशमा १०६ किलोमिटर […]

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

मन्थली (रामेछाप), साउन १८ गते ।  सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले […]

दुई संसदीय समितिको बैठक बस्ने

काठमाडौँ,  साउन १८ गते ।  सङ्घीय संसद्का दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । सो समितिले […]

जनमत सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण : सङ्गठन सुदृढीकरणमा जोड

कल्याणपुर (सप्तरी), साउन १८ गते । जनमत पार्टी सप्तरीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार राजविराजमा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले प्रशिक्षण दिनुहुँदै सङ्गठन सुदृढीकरण र जिम्मेवारीप्रति प्रतिबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सप्तरी जिल्लाका १८ वटै पालिकाबाट सहभागी भएका सदस्यहरूलाई सम्बोधन गर्दै उपाध्यक्ष […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ