alliance khabar

आइतबार, साउन १८, २०८२

बाजुरा, साउन १८ गते ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत विद्यालयमा अहिले तीन करोड रुपियाँभन्दा बढी लागतका सुविधायुक्त छात्रावास निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । यस विद्यालयमा प्रायः अनाथ तथा भोटे समुदायका बालबालिका मात्र अध्ययन गर्दै आएका छन् । २०७९ देखि यो विद्यालयले यहाँ पढ्दै गरेका अनाथ तथा भोटे समुदायका बालबालिकालाई विद्यालयमै राखेर पढाउने गरेको छ ।

विद्यालयले यहाँ बस्ने गरेका बालबालिकालाई खाना, लगाउने कपडालगायतको राम्रो व्यवस्था गर्दै आएको भए पनि उनीहरूलाई राति बास बस्नका लागि भने यहाँ राम्रो भवन नहुँदा समस्या थियो ।

विद्यालयले उनीहरूलाई कर्कट पाताले छाएको छाप्रोमा राखेर पढाउने गरेको थियो । यहाँ पढ्ने ती अनाथ बालबालिका पनि त्यही सानो छाप्रोमा बस्ने गरेको थिए । करिब तीन वर्षअघि बाजुरामा आएको भूकम्पका कारण छाप्रो नष्ट भएको थियो । हिउँदको महिना यहाँ सधैँ बाक्लो हिमपात हुने गरेको र हिउँ परिसकेपछि त्यो हिउँ लामो समयसम्म रहने भएकाले यहाँका शिक्षकशिक्षिकाले उनीहरूको पठनपाठन नरोकिने गरेर त्यही बाक्लो हिउँमाथि बेन्च राखेर कक्षा सञ्चालन गरेका थिए । सोही अवस्थालाई चित्रण गरे हिउँमाथि बालबालिकाहरूको पढाइ भन्ने शीर्षकमा गोरखापत्र समाचार छापिएको थियो । सोही समाचारको प्रभावका कारण स्विजरल्यान्डकी एक समाजसेवी महिला हाना रोबरले विद्यालयको छात्रावास निर्माणका लागि पहल गर्नुभयो । पछि उहाँको निधन भइसकेको छ ।

स्विजरल्यन्डको नेफा संस्थाका अध्यक्ष वार्ननर स्थलनले गोरखापत्रमा छापिएको समाचार लिएर बाजुरा आउनुभयो र त्यही दिन यहाँ छात्रावास बनाउने निधो गर्नुभयो । अहिले उनै स्व. हानाको पहलमा सुरु भएको कामलाई निरन्तरता दिँदै नेफा संस्थाको तीन करोडभन्दा बढीको आर्थिक सहयोगले सो विद्यालयमा छात्रावास, भान्छा घर, शौचालयसहित १६ कोठे भवन निर्माण भइरहेको छ ।  गोरखापत्रको समाचारको प्रभावले नै अहिले हाम्रो विद्यालयमा कहिल्यै निर्माण हुन नसकेको र विद्यालयको क्षमताभन्दाबाहिर रहेको सुविधायुक्त छात्रावास प्राप्त भएकाले सो विद्यालयका प्रधानाध्यापक तुलाबहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल