alliance khabar

सोमबार, साउन १९, २०८२

कल्याणपुर (सप्तरी), साउन १९ गते ।

रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् ।

गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् ।

“यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका अध्यक्ष यादवलाई भन्नुभयो । जनताको चासोलाई गम्भीर रुपमा लिँदै अध्यक्ष यादवले तीनवटा निर्णय सार्वजनिक गर्नुभएको छ ।

पालिकाभित्र अधुरा रहेका सबै खानेपानी योजनाहरुलाई प्राथमिकताका साथ सुचारु गरिने, कुनै पनि बस्तीमा खानेपानीको अभाव हुन नदिने र भूमिगत पानीको सतह घटेको समस्या समाधान गर्न परम्परागत पद्धति–नहर, बाँध र पैनी प्रणाली पुनः जीवित गरिने निर्णय सार्वजनिक गर्नुभएको हो ।

‘‘हाम्रा पुर्खाहरूले खोलानालामा बाँध बाँधेर पैनीमार्फत सिँचाइ गर्थे । हामी पनि यही उपाय अपनाएर किसानका खेतमा पुनः पानी पुर्‍याउने प्रयास गर्दै छौं,’’ अध्यक्ष यादवले बताउनुभयो ।

उहाँले यस कार्यका लागि खानेपानी कार्यालय सप्तरी, खाँडो नदी नियन्त्रण आयोजना, र सिँचाइ डिभिजन कार्यालय सप्तरीसँग समन्वय गरेर काम अघि बढाइसकेको जानकारी दिनुभयो ।

केन्द्र र प्रदेश सरकारसँग पनि सहयोग मागिएको जानकारी दिँदै उहाँले “यदि दुबै सरकारले यस कार्यमा सहयोग नगरे भने, म जनताको लागि आन्दोलन सुरु गर्न बाध्य हुनेछु” चेतावनी समेत दिनुभयो ।

यादवले सप्तरीस्थित सम्बन्धित तीनै कार्यालयका प्रमुखहरूसँग भेटेर समस्याको द्रुत गतिमा समाधान गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गरिसक्नु भएको रुपनी गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल