काठमाडौँ, कात्तिक १६ गते । गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानबीच विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ । आइतबार भएको बैठकमा गृह मन्त्रालयका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दङ्गाल, मन्त्रालयअन्तर्गतका कानुन महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा.डा लेखनाथ शर्मा, डा दीपक खड्कासहितको टोली सहभागी भएको […]
काठमाडौँ, कात्तिक १६ गते। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो। आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ […]
धम्बोझी, कात्तिक १६ गते । करिब ३ हजार बालबालिकाको सहभागितामा फिफा फुटबल फर स्कुल कार्यक्रमको बाँकेमा औपचारिक रुपमा शुभारम्भ गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोग र बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई फुटबल प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । जसअन्तर्गत बाँकेको नेपालगन्ज रंगशालामा २५ भन्दा […]
सरकारको ध्यान निर्वाचनको वातावरण बनाउन केन्द्रित सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था हुँदैछ हामी तीनै तहका सरकारबीच समन्वय गरेर अघि बढ्नेछौँ कतिपय जेनजीहरू चर्का कुरा गर्छन् काठमाडौँ, कात्तिक १६ गते । प्रधानमन्त्री सुशीला कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा संविधानले तोकेको परिधिभित्र रहेर अघि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मुलुकको स्थायित्व, सुशासन र आगामी निर्वाचनका […]
काठमाडौं, कात्तिक १६ गते । कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधि सभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ। उहाँका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हाे । अस्पतालमा उपचारपछि उहाँ आफ्नै भाडाको कोठामा फर्कनु भएको थियो, हिँड्दै गर्दा उहाँको निधन भएको जानकारी पारिवारिक स्रोतले दिएको छ । उहाँ लामो समयदेखि अर्बुद […]
काठमाडौँ, कात्तिक १६ गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलले एकताको सहमति गरेका छन् । नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राख्ने भएका छन्। आगामी ६ महिनाभित्र एकता महाधिवेशन र त्यसअघि कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गर्ने सहमतिपत्रमा उल्लेख छ । सहमति पत्रमा पार्टीको नाम भने उल्लेख गरिएको […]
काठमाडौँ, कात्तिक १६ गते। प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चार माध्यमहरूको सूचीकरण नहुने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। २०७८ सालको “केही नेपाल ऐन संशोधन गर्न ऐन, २०७८” र “छापाखाना तथा प्रकाशन सम्बन्धी दोश्रो संशोधन नियमावली, २०७८” कार्यान्वयनमा आएपछि अनलाइन सञ्चार माध्यमको अभिमुखीकरण तथा सूचीकरणका लागि कानूनी व्यवस्था नभएकाले काउन्सिलले यस्तो सूचना सार्वजनिक गरेको हो। प्रेस काउन्सिलले […]
काठमाडौँ, कात्तिक १६ गते। अनलाइन सञ्चारमाध्यमको दर्ता तथा सञ्चालनका लागि अब विभिन्न निकाय धाउनु नपर्ने भएको छ । अनलाइन दर्ता, नवीकरण र प्रेस प्रतिनिधि प्रमाणपत्रका लागि कागजात विभिन्न निकायलाई बुझाउनुपर्ने झन्झट अन्त्य भई अबदेखि एकै ठाउँमा कागजात बुझाए पुग्ने भएको हो । सूचना तथा प्रशारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणलगायतका काम सूचना तथा प्रशारण […]
लहान, कात्तिक १६ गते । सिराहाको औरही गाउँपालिकाका जेनजी समूहले गाउँपालिकामा बुझाएको ध्यानाकार्षणपत्रमा उल्लेख भएको माग सम्बोधन गर्न जेनजी समूह र गाउँपालिकाबिच सातबुँदे सम्झौता भएको छ । असोज २६ गते जेनजी समूह औरही गाउँपालिकाले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई बुझाएको सातबुँदे ध्यानाकर्षणपत्रमा वार्ताका माध्यमबाट कात्तिक १४ गते शुव्रmबार दिनभरिको घलफलपछि सम्झौता भएको हो । सम्झौतापत्रमा औरही गाउँपालिका अन्तर्गतका […]
सल्यान, कात्तिक १६ गते । करिब एक महिनापछि सल्यानको प्रसिद्ध कुमाख मेलाको फोहोर व्यवस्थापन गरिएको छ । धार्मिक तथा पर्यटकीय गन्तव्य कुमाख लेक क्षेत्रमा कोजाग्रत पूर्णिमाको अवसरमा गत असोजमा २० र २१ गते मेला लागेको थियो । मेलापछि सङ्कलित फोहोर अहिले मात्र व्यवस्थापन गरिएको हो । शनिबार कुमाख गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, मेला व्यवस्थापन समिति, स्थानीय […]