alliance khabar

सोमबार, माघ ०५, २०८२

काठमाडौँ, माघ ५ गते ।

 नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ ।

सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष खुला फाइनलमा सनीले आर्मीकै प्रवीण माझीलाई पराजित गर्नुभयो । आर्मीका भूपेन्द्र ओली तेश्रो र विष्णु थापा मगर चौथो हुनुभयो ।

महिला ५५ केजीमुनि फाइनलमा अनिशाले आर्मीकी विन्दु चौधरीलाई हराउनुभयो । केडबलुडब्लुकी सुप्रिया गुरुङ र एपीएफकी निशा सुनुवार चौथो हुनुभयो ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रद्वारा आयोजित प्रतियोगिताको महिला ५५ केजीमाथि फाइनलमा सपनाले एपीएफकी सुमित्रा नगरकोटीलाई पाखा लगाउनुभयो ।

छैटौं वज्र फाइटको पुरुष ६२ केजीमुनि किलर फाइट क्लबका सुमन याखा राई पहिलो हुनुभयो । पुरुष ५५ केजीमुनि फाइनलमा केडबलुडब्लुका मोहम्मद सन्उला अन्सारीले आईकेएका सन्देश तामाङलाई पराजित गरी पहिलो हुनुभयो ।

महिला ४६ केजीमुनि आर्मीकी मनीता राई पहिलो भइन् । मनीताले फाइनलमा केडबलुडब्लुकी सिवानी आले मगरलाई हराउनुभयो । विजेतालाई काठमाडौँ महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका संस्थापक अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले एक कार्यक्रमबिचच पुरस्कृत गर्नुभयो ।

राष्ट्रिय फुल कन्ट्याक्ट र वज्र फाइटमा समान ३–३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश, आर्मी र एपीएफबाट १ सय खेलाडी सहभागी प्रतियोगिताको सबै स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल