alliance khabar

शनिबार, माघ ०३, २०८२

वालिङ, माघ ३ गते ।

 स्याङ्जाको वालिङमा सञ्चालित प्रथम ॐ कार कप भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि एनएएफसि पोखराले जितेको छ । एनएएफसि पोखराले ट्राई ब्रेकरमा मेजर एफसी पोखरालाई ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै पक्षबाट गोल नभएपछि खेल ट्राई ब्रेकरमा पुगेको थियो । पराजयसँगै मेजर एफसी पोखरा उपविजेता बनेको छ । विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका निर्वतमान नगरप्रमुख दिलिपप्रताप खांणले खेल सबै उमेर समूहका लागि उत्तिकै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भेट्रान्स समूहका लागि आयोजित फुटबल प्रतियोगिताले खेल हरेक उमेर समूहका लागि महत्त्वपूर्ण छ भन्ने देखायो ।”

प्रतियोगितामा स्याङ्जासहित बुटवल, पोखरा, पाल्पाका नौं समूहको सहभागिता रहेको थियो । खेलमा ५० वर्षमाथिका अनिवार्य एक जनासहित अरु ४० वर्षभन्दा माथिका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम भएको एनएएफसि पोखराले एक लाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय भएको मेजर एफसी पोखराले पचास हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको ॐ कार ईभेन्टस् हब वालिङ अध्यक्ष बिजय मल्लले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल