काठमाडौँ — लियोनल मेसीको गोलमा अर्जेन्टिना कोपा अमेरिकामा बुधबार क्यानडालाई २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब डिफेन्डिङ च्याम्पियनसामु उपाधि रक्षाको अवसर पनि हुनेछ । फाइनलमा उसले कोलम्बिया अथवा उरुग्वेमध्ये एकको सामना गर्नेछ । विश्व च्याम्पियन अर्जेन्टिनाले पहिलो हाफको २३ औं मिनेट जुलियन अल्भारेजले गोलको खाता खोले । त्यसपछि कप्तान मेसीले ५१ औं मिनेटमा दोस्रो गोल […]
म्युनिख (जर्मन), असार १८ गते । युरोपेली च्याम्पियनसिपमा मङ्गलबार रोमानियाविरुद्ध खेल्दा नेदरल्यान्ड्सलाई विगतमा जस्तोदाबेदार मानिएको छैन । परम्परागत रूपमा युरोपेली फुटबलमा रोमानियाभन्दा नेदरल्यान्ड्स धेरै माथि छ । सन् १९९० पछि नेदरल्यान्ड्सले रोमानियासँग हारेको पनि छैन । यी दुई टिमबिच अहिलेसम्म १४ पटक आमनेसामने हुँदा नेदरल्यान्ड्सले रोमानियालाई १० पटक हराएको छ । यस क्रममा नेदरल्यान्ड्सले २९ गोल गरेको छ । रोमानियाबाट […]
सेन्ट भिँसेन्ट, असार १० गते । बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । सेन्ट लुसियामा सोमबार बिहान भएको खेलमा जितका लागि दुई सय ६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय […]
आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को खेलमा अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। ब्रिजटाउन बार्बाडोसमा गए राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो। यो जितसँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अमेरिकाले दिएको ११६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै पूरा गरेको हो। इङ्ल्यान्डका लागि जोस बटलरले ३८ बलमा ६ चौका […]
सेन्ट भिन्सेन्ट, असार ९ गते । बङ्गलादेशमाथि सानदार जित निकाल्दै भारत आइसिसी टी-२० विश्वकपको सेमिफाइनल नजिक पुगेको छ । सुपर आठअन्तर्गत एन्टीगुवास्थित सर भिभिएन रिचार्ड्स स्टेडियममा शनिबार राति भएको खेलमा भारतले बङ्गलादेशलाई ५० रनले हरायो । सुपर आठमा लगातार दोस्रो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अघिल्लो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले […]
सेन्ट भिन्सेन्ट, असार ३ गते । नेपालका बलरले कसिलो बलिङ गरेपछि टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाललाई जितको लागि बङ्गलादेशले एक सय सात रनको लक्ष्य दिएको छ । किङ्सटाउनमा सोमबार बिहान टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनायो । बङ्गलादेशका लागि सकिव अल हसनले […]
सेन्ट भिन्सेन्ट, असार २ गते : आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ । सेन्ट भिन्सेटमा हुने उक्त खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ हुनेछ । समूह ‘डी’ अन्तर्गत शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै विश्वकपबाट बाहिरिएको थियो । नेपाल यसअघि अमेरिकाको […]
काठमाडौँ, असार १ गते । लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ । […]
सेन्ट भिन्सेन्ट, असार १ गते । आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको तेसो खेलमा जितका लागि नेपाललाई दक्षिण अफ्रिकाले एक सय १६ रनको मध्यम लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टस्थित किङ्सटाउन स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १५ रन बनायो । दक्षिण अफ्रिकाका लागि ओपनर […]
फ्लोरिडा (अमेरिका) । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि श्रीलंकाको सामना गर्दैछ । फ्लोरिडा (अमेरिका)को स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँगको खेलमा वर्षा बाधक हुने चिन्ता बढेको छ । आज सेन्टर ब्रोवार्ड काउन्टी रंगशाला क्षेत्रमा विहानैदेखि झरी परिरहेको […]