alliance khabar

शनिबार, आश्विन ११, २०८२

कास्की, असोज ११ गते ।

 विश्व पर्यटन दिवसका अवसरमा आज पोखरामा आयोजना गरिएको दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जित्नुभएको छ ।

पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भएको दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी कालाबाङ घरेडी बुद्धपार्क पुगेर सम्पन्न भएको हो ।

राउतले निर्धारित आठ किलोमिटर दूरी ३५ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै उपाधिसहित नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुस्कार प्राप्त गर्नुभयो । सुदूरपश्चिमका करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो हुनुभयो । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेन्डमा र दलबहादुरले ३७ मिनेट १६ सेकेन्डमा पार गर्दै द्वितीय र तृतीय भएका निर्णायक ओमबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँहरूले क्रमशः रु ३० हजार र रु १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

गौतम श्रेष्ठ चौथो हुँदै रु सात हजार र पाँचौँ हुनुभएका सफल लामाले रु तीन हजार प्राप्त गर्नुभयो । विदेशी पर्यटकतर्फ फ्रान्सका थियो डनेटले ४९ मिनेट ५१ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित रु १५ हजार पुरस्कार जित्नुभयो । भेट्रान्सतर्फ गण्डकीका किशोर थापा प्रथम हुँदै रु १५ हजार प्राप्त गर्नुभयो  ।

यसैगरी,  पोखरा–२२ वडातर्फको प्रतिस्पर्धामा कुशल परियार प्रथम र सुजल परियार दोस्रो हुनुभयो । महिलातर्फ कोशीकी पदमकुमारी सुनुवार प्रथम हुँदा बागमतीकी नीतु तामाङ द्वितीय हुनुभयो । वडा र महिलातर्फ प्रथम र दोस्रो हुनेले जनही रु १५ हजार र रु सात हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

प्रतियोगिताअन्तर्गत यू–१६ को विधामा प्रकाश थिङ प्रथम र तीलबहादुर परियार द्वितीय हुँदै जनही रु १५ हजार रु सात हजार पुरस्कार पाउनुभयो ।खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपालसहित आठ देशका धावकको सहभागिता थियो ।

विभिन्न छ विधामा कुल ११७ जना धावक सहभागी भएका प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिनुभयो ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित दौडमा निर्धारित दूरी पूरा गरेका विदेशी धावकलाई पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले माला लगाएर स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल