alliance khabar

बुधबार, कार्तिक १२, २०८२

काठमाडौँ, कात्तिक १२ गते ।

नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा बुधबार भएको खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ३–० गोलले हरायो ।

टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगरले भारतको दुई प्रहार रोक्नुभएको थियो । भारतको अर्को प्रहार पोस्टमाथि हुईकिएको थियो ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पहिलो हाफमा गोल गरेका थिए । त्यसपछि खेल सोझै टाइब्रेकरमा पुगेर सकिएको थियो ।

भारतले ३०औँ मिनेटमा अग्रता लिएको थियो । नेपाली रक्षकको कमजोरीमा सौम्या गुगुलोथले गोल गर्नुभएको थियो । भारतको अग्रतापछि जोसिएको नेपालले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काएको थियो ।

रश्मीकुमारी घिसिङले कप्तान अनिता बस्नेतको कर्नरमा हेड गोल गर्नुभएको थियो । अनितालाई यस खेलमा नेपाली टोलीको कप्तानी गर्ने अवर मिलेको हो ।

यसअघि भारतमै खेलिएको नेपाल, भारत र इरानसम्मिलित त्रिदेशीय खेलमा नेपालले भारतलाई २–१ ले हराएको थियो । नेपाल इरानसँग भने ३–० गोलले पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल