हेटौँडा, जेठ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ । उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष […]
काठमाडौँ – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा ३ रुपियाँ, मट्टीतेल र डिजेलमा १–१ रुपियाँ मूल्य घटाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १६८ रुपियाँ पर्नेछ भने मट्टीतेल र डिजेललाई १५३ रुपियाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोलको १७१ र मट्टीतेल र डिजेलको मूल्य १५४ रुपियाँ थियो […]
काठमाडौँ, जेठ १८ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय […]
काठमाडौँ, जेठ १२ गते । ग्रिलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्यवृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यवृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसको आपसी […]
काठमाडौँ, जेठ ११ गते । सहकारी पीडितहरुको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँको माइतीघरमा प्रदर्शनसहित सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका हुन् । सहकारी पीडित बचतकर्ताहरु सङ्गठित हुँदै सरकारले सहकारी सञ्चालकबाट बचत फिर्ता गराउन माग राख्दै प्रदर्शन गरेका छन् । अभियानका अध्यक्ष कुशलभ केसीले सहकारी पीडितहरुको बचत […]
काठमाडौँ, २२ वैशाख : आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि ‘राजस्व उठाउँ, देशलाई बुझाउँ’ अभियान सञ्चालन गर्दैआएको छ । उक्त पार्टीले राजस्वको दुरुपयोग तथा सीमा क्षेत्रका जनताले ल्याएका दैनिक उपभोग्य सामान जफत नगर्न भन्सार विभागदेखि प्रधानमन्त्री कार्यालयसम्मका कर्मचारीको ध्यानाकर्षण गराइरहेको छ । पार्टी अध्यक्ष एवं सांसद प्रभु साहले मुलुक सञ्चालनको प्रमुख आम्दानीको स्रोत […]
काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । […]
काठमाडौँ, १५ वैशाख : राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पाखरेलले नेपालमा हुने लगानी सम्मेलनले विश्वमा सकारात्मक माहोल प्रवाह हुने बताउनुभएको छ । आइतबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा रासससँग कुरा गर्दै उहाँले सम्मेलनले लगानीमैत्री वातावरण बनाउनुका साथै विश्वको ध्यान नेपालमा खिच्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल लगानी बढाउन आतुर छ […]
तेह्रथुम, १ वैशाख : हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो । अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ । कोशी प्रदेश सरकारको रु तीन करोड, म्याङलुङ नगरपालिका र कियाचु कृषि सहकारी […]
खोटाङ, ३० चैतः छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ । आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास […]