आँखा उपचारमा पहुँच बढाउन मन्त्रालय र तिलगंगा प्रतिष्ठानको सम्झौता

काठमाडौँ, चैत ३ गते। आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदानप्रदानसम्बन्धी सम्झौता गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा सम्झौता भएको हो। सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले […]

सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु, चैत १ गते । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य […]

बाँके खजुराको एउटै वडामा १४ जना क्यान्सरका बिरामी भेटिए

नेपालगन्ज, फागुन २९ गते। बाँकेको एउटा पालिकाको एउटा वडामा मात्रै १४ जना क्यान्सरका शङ्कास्पद बिरामी भेटिएका छन्। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरमा नसर्ने रोग पहिचानका लागि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चेकजाँचका क्रममा १४ जना पाठेघर सम्बन्धी क्यान्सरका शङ्कास्पद बिरामी महिला भेटिएको प्राथमिक स्वास्थ्य केन्द्र खजुराले जनाएको छ। सो शिविरमा उच्च रक्तचापका आठ […]

सत्र सय विद्यार्थीको आँखा परीक्षण

ताप्लेजुङ, फागुन २७ गते।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका सत्र सय बढी विद्यार्थीको आँखा परीक्षण गरिएको छ। गाउँपालिकाका विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो। गाउँपालिका स्वास्थ्य शाखाका अनुसार कुल एक हजार ७२३ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ। सिदिङ्वाका सबै वडामा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार शाहले जानकारी […]

‘हब’ र ‘स्याटेलाइट’ अस्पतालको विपद् तयारी प्रणालीलाई सुदृढ बनाउन ‘टेबलटप अभ्यास’

काठमाडौँ,  फागुन १३ गते । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ । विपद् तयारी र प्रतिकार्य प्रणालीलाई चुस्त एवं सुदृढ बनाउन सुदूरपश्चिम प्रदेशमा चयन गरिएका ‘हब’ र ‘स्याटेलाइट’ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सो अभ्यासमा सहभागिता रहेको थियो । मन्त्रालयले सेती प्रादेशिक अस्पताल धनगढीलाई ‘हब’ […]

‘स्वास्थ्य बिमा व्यवस्थित गर्न दुई चरणको काम थालिएको छ’

काठमाडौँ, फागुन १२ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन  दुई चरणमा काम भइसकेको बताउनुभएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री […]

क्यान्सर परीक्षण गर्ने सम्झौता

काठमाडौँ, फागुन ९ गते ।  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भेरी अस्पतालबिच क्यान्सर रोगको परीक्षण गर्ने सम्झौता भएको छ । सङ्घीय अस्पतालका प्रयोगशालामा परीक्षण हुन नसक्ने क्यान्सर र अन्य रोगको परीक्षणका लागि उक्त सम्झौता भएको हो । जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले अस्पतालसँगको सम्झौताले बिरामीलाई सहज हुने बताउनुभयो । उहाँले सङ्घीय अस्पतालमा विशिष्टीकृतस्तरको प्रयोगशाला […]

तीन हजार पाँच सय जनाको निःशुल्क मुटु जाँच

गोरखा, माघ २८ गते : यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराई […]

स्वस्थ नगरवासीका लागि स्वास्थ्य बीमा अपरिहार्य – कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की

काठमाडौँ ,माघ २५ गते । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले स्वास्थ्य बीमालाई स्वस्थ नगरवासी निर्माणका लागि अपरिहार्य रहेको बताउनुभयो। नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्लाको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाका भित्र काम गर्ने घरेलु कामदारहरूकोलागि” घरेलु कामदारका लागि विद्यमान राष्ट्रिय कानुन , अन्तर्राष्ट्रिय श्रम मापदण्ड, कार्यस्थलमा हुने हिंसा र उत्पीडन रोकथाम सम्बन्धी तालिम”को उद्घाटन कार्यक्रममा […]

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौं, माघ २५ गते । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबिचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल