alliance khabar

शुक्रबार, जेठ २३, २०८२

सर्लाही, जेठ २३ गते ।

 सर्लाही सदरमुकाम मलङ्गवाबाट ठुलो परिमाणमा लागु औषधसहित तीन युवक पक्राउ परेका छन् । लागु औषध ‘नाइट्राभेट–टेन’ लेखिएको ८९ पत्ता (दुई हजार ६७० चक्की) सहित मलङ्गवा नगरपालिका–१०, का २८ वर्षीय शनि झा, सोही ठाउँका २८ वर्षकै मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२, औरहीका १८ वर्षीय पङ्कजकुमार राउत पक्राउ परेका हुन् ।

उनीहरुलाई मलङ्गवा नगरपालिका–१०, बसपार्कबाट लागु औषध नियन्त्रण ब्यूरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागु औषधको ओसारपसार तथा कारोवार भइरहेको सूचना पाएर परिचालन भएको प्रहरी टोलीले तीन युवकसहित उनीहरुले प्रयोग गरेको बीआर ३२ एक्स १७५३ र बीआर ३० एन ७८२५ नम्बरको दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । लागु औषधसहित पक्राउ परेका युवकलाई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो ।

भारतसँगको खुला सीमाका कारण तराई क्षेत्रमा लागु औषध ओसारपसार र सेवन ठुलो चुनौतिको रुपमा देखा परिरहेको छ । युवा पुस्ता लागु औषधको कुलतमा फस्दा अपराधका घटनामा वृद्धि भएको छ भने घरपरिवार तथा समाज उनीहरुको गतल व्यवहारबाट प्रताडित बनिरहेको छ ।

युवा पुस्ता सीमा पारी भारतमा खुलेयाम पाइने ट्याब्लेटजन्य र सुइजन्य लागु औषध सेवन गर्न तथा खरिद गर्न आउजाउ गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल