तेस्रो संस्करणको ‘मेयर कप’ फुटबलको ट्रफी अनावरण

बागलुङ, मङ्सिर १२ गते । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलन नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले ट्रफी अनावरण गर्नुभएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख श्रेष्ठले बागलुङकै […]

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

काठमाडौँ, मङ्सिर १२ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने […]

प्रधानमन्त्री सुशीला कार्की र लोसपा अध्यक्ष ठाकुरबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष ठाकुर बिहीबार प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन […]

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,मङ्सिर  ११ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ११५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो […]

नयाँ विशेषतासहित आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै आजदेखि नयाँ नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । नयाँ विशेषतासहित चलनचल्तीमा आएको नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा […]

सार्क कार्यक्रम समितिको ६१औँ बैठक सम्पन्न

काठमाडौँ, मङ्सिर ११ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६१औँ बैठक श्रव्यदृश्यका माध्यमबाट बुधबार सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव तथा कार्यक्रम समितिका अध्यक्ष किरण शाक्यले सार्क यस क्षेत्रको प्रमुख क्षेत्रीय सङ्गठनका रूपमा सदस्य राष्ट्रहरूबिच संवाद, सहकार्य र सामूहिक कदम चाल्नका लागि महत्त्वपूर्ण मञ्च भएको बताउनुभयो । […]

मङ्सिर महिनाको राशिफल २०८२

मेष राशि : सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुने […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, मङ्सिर ११ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ९४ पैसा र बिक्रीदर १६५ रुपियाँ ६३ पैसा, युके पाउन्ड […]

बुङ्गमतीबाट पाटन ल्याइयो रातो मत्स्येन्द्रनाथ

ललितपुर, मङ्सिर ११ गते । ‘वर्षा र सहकालका’ देवता रातो मत्स्येन्द्रनाथलाई बुधबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याइएको हो । गुरुज्यूको पल्टनले सलामीपछि आठ जना पुजारी अर्थात् पानेजूले रातो मत्स्येन्द्रनाथलाई  सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको पुजारी कमलराज वज्राचार्यले बताउनुभयो । उहाँले […]

एनपिएलः आज दुई खेल हुँदै

काठमाडौँ, मङ्सिर ११ गते । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल