alliance khabar

मंगलबार, फाल्गुण ०५, २०८२

घोराही (दाङ), फागुन ५  गते । 

यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ । तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो । दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो । जिल्लाबाट तोरीको तेलको माग अन्यत्र जिल्लामा धेरै रहेको उहाँको भनाइ छ ।

यहाँको तोरीको माग काठमाडौँ, पोखरा, चितवन, नेपालगन्जलगायत जिल्लामा धेरै रहेको उहाँले बताउनुभयो । “पहिलेदेखि नै दाङको तोरीको माग बाहिरी जिल्लाबाट धेरै हुने गरेको छ”, प्रमुख भण्डारीले भन्नुभयो । सहज रूपमा बिक्री भएमा किसानको आकर्षण बढ्दै जाने उहाँको भनाइ छ । “उत्पादन भएको तोरी कुनै पनि किसानलाई बजारको समयस्या नभएकाले पनि किसानको सङ्ख्या तथा क्षेत्रफल बढेको हो”, उहाँले भन्नुभयोे ।

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ दाङका तोरी जोनअनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा तोरी जोनअन्तर्गतको क्षेत्रमा एक हजार २०० हेक्टरमा खेती गरिएको थियो । जसमा एक हजार ९३२ मेट्रिक टन तोरी उत्पादन भएको तोरी जोनका प्रास सूर्यज्योति केसीले जानकारी दिनुभयो । आव २०८०÷८१ मा एक हजार २०० हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

आव २०८१÷८२ मा एक हजार २४२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १२३.८२ मेट्रिक टन उत्पादन भएको हो । आव २०८२/८३ मा एक हजार २७८.०२ हेक्टरमा तोरीखेती गरिएकामा दुई हजार १९८.१९ मेट्रिक टन उत्पादन भएको छ । प्रतिहेक्टर १.७२ उत्पादकत्व रहेको छ । तोरी जोनले किसानलाई प्राविधिक, बीउ तथा प्रविधिमा सहयोग गर्दै आएको परियोजनाका प्रास केसीले बताउनुभयो । तोरी जोन पश्चिम क्षेत्रको दङ्गीशरण, शान्तिनगर, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाको केही वडामा सञ्चालनमा रहेको छ । तोरीखेती गर्ने किसानले क्षेत्रफलसमेत विस्तार गर्दै गएका छन् ।

किसानले प्रतिक्विन्टल रु १४ हजारमा तोरी बिक्री गरेको बताएका छन् । पश्चिम क्षेत्रमा उन्नत जातका तोरीखेती गर्दै आएको केसीले बताउनुभयो । किसानलाई तोरी जोनले बीउमा ५० प्रतिशत अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमासमेत अनुदान दिँदै आएको छ ।

तोरीखेती छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल