alliance khabar

सोमबार, फाल्गुण ०४, २०८२

जुम्ला, फागुन ४ गते ।

 जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जनामध्य छ सय ४८ जना सोमबार मतदान केन्द्रमा कर्मचारी खटाइएको हो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस आनन्दराज पन्तका अनुसार १०८ वटा मतदान केन्द्रमा १०८ जना मतदान अधिकृत, १०८ जना सहायक मतदान अधिकृत, १०८ जना सहयोगी र तिनसय २४ जना कर्मचारी खटिएका छन् ।

उहाँले जम्मा एक सय १० मतदान केन्द्रमा १०८ केन्द्रमा आज कर्मचारी खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिक र पारदर्शी तरिकाले कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका दुई वटा अस्थायी मतदान केन्द्रका लागि ६ जना कर्मचारी खटिन बाँकी रहेको छ ।

११८ महिला कर्मचारी 
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार मतदान केन्द्रमा एक सय १८ जना ( १८.२०) प्रतिशत) महिला कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन  अधिकृत पन्तले मतदान केन्द्रमा यसपटक सात जना मतदान अधिकृत, २६ जना सहायक मतदान अधिकृतसहित एक सय १८ जना महिला कर्मचारी खटाइएको जानकारी दिनुभयो ।

यसैगरी, जिल्लाको एउटा मतदान केन्द्र चन्दननाथ माध्यामिक विद्यालय रहेको केन्द्रमा पूरै महिला कर्मचारीको टिम खटाइएको छ । सहायक मतदान अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार चन्दननाथ माविको केन्द्रमा मतदान अधिकृत सुर्खेत जुम्ला उच्च अदालतका शाखा अधिकृत शुसिला पाण्डे र सहयोग मतदान अधिकृत डिभिजन वन कार्यालयका बिस्मिता अर्यालको नेतृत्वमा महिला कर्मचारी खटिनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्थानीय कर्मचारीलाई आफ्नो मतदान केन्द्रभन्दा टाढा खटाइएको छ । कर्मचारीलाई  दुर्गम र किलोमिटरको आधारमा सेवा सुविधा दिइनेछ । यस पटक कार्यालय सहयोगी बाहेक सबै स्थायी कर्मचारी खटाइएको सहायक निर्वाचन अधिकृत तिमिल्सेनाले थप्नुभयो । कर्मचारी खटन पटनका लागि जिल्ला जनशक्ति व्यवस्थापन समितिले एक हजार चार सय ९९ कर्मचारी छनोट गरी पठाएको थियो । जसमा छ सय ५४ जना खटिने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल