काठमाडौँ, मङ्सिर ५ गते । देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ । सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन […]
काठमाडौँ, मङ्सिर ४ गते । जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । वीर अस्पतालको सर्जिकल भवनको बेड नम्बर १९० मा उपचाररत बझाङका २० वर्षीय पारस बोहोरा केही महिना अघि कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो । […]
काठमाडौँ, मङ्सिर ४ गते। प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार भेटवार्ता भएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो। भेटमा समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राख्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो। “विद्रोहको बलमा बनेको यो सरकारलाई […]
काठमाडौँ, मङ्सिर ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ । मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को आज स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाको बारेमा जानकारी लिर्इ समस्या समाधानका लागि भूमिका खेल्ने बताउनु भयो । त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा […]
काठमाडौँ, मङ्सिर ४ गते। निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ। आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पुरा हुने मिति निर्धारण गरी मङ्सिर ५ गतेसम्म […]
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक पूर्वसचिव मणिराम गेलालले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदन बुझ्दै मन्त्री खरेलले मन्त्रालयको आन्तरिक प्रयोजनका लागि समिति गठन गरिएको उल्लेख गर्दै प्रतिवेदनका आधारमा नेपाल टेलिकमको […]
काठमाडौँ, मङ्सिर ४ गते । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकाे छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न […]
काठमाडौँ, मङ्सिर ४ गते । क्यानडा पठाउने भनी छ लाख रुपियाँ ठगी गर्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनी बेरोजगारी युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्यानडा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहिन बनेका थिए […]
टीकापुर, मङ्सिर ४ गते । स्थानीय तहको प्रशासन सञ्चालन र बजेट कार्यान्वयन गर्ने जिम्मेवारी पाएका कैलालीको भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले सबैभन्दा राम्रो काम गरेबापतको पुरस्कार आफैँले लिनुभएको छ । कार्यपालिका बैठकबाट २०८१ फागुन ९ गते कर्मचारी प्रोत्साहन कार्यविधि पारित भएको ठिक दुई महिनापछि अर्थात् गत वैशाख ९ गते नगर कार्यपालिका बैठकबाट उहाँले सो […]
सिँजा (जुम्ला), मङ्सिर ४ गते । जुम्ला बसपार्क सात वर्षदेखि अलपत्र छ । झन्डै एक करोड बजेट खर्चेर भवन निर्माण गरे पनि जग्गा विवादले बसपार्क अलपत्र परेको हो । चन्दननाथ नगरपालिकाले धेरै पटक बसपार्क सञ्चालनका लागि थुप्रै पटक छलफल गरे पनि जग्गाको विवाद यथावत रहँदा बसपार्क सञ्चालन नहुँदै जीर्ण बनेको छ । २०७६ सालमा निर्माण भएको बसपार्कसम्म जाने […]