alliance khabar

बिहिबार, भाद्र ११, २०८३

काठमाडौं भदौ ११ गते।

रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको जीवनरक्षा तथा उपचारका लागि आवश्यक रगतको व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय कार्यालयले “बृहत् रक्तदान कार्यक्रम” आयोजना गर्ने भएको छ।

बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा उपचारका क्रममा रगतको आवश्यकता पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तरुण दलले रक्तदानमा सहभागी भई मानवीय सेवामा योगदान गर्न सबैमा अपिल गरेको छ।

नेपाल तरुण दल केन्द्रीय कार्यालयका अनुसार कार्यक्रम २०८३ भदौ ११ गते बिहान १०:३० बजे त्रिचन्द्र क्याम्पस प्राङ्गणमा आयोजना हुनेछ। कार्यक्रममा सहभागी भई रक्तदान गर्न इच्छुक पार्टीका नेता , कार्यकर्ता, नागरिक, युवा तथा सामाजिक अभियन्ताहरूलाई उपस्थित हुन आयोजकले  आग्रह गरेको छ।

बाढी तथा प्राकृतिक विपद्का समयमा घाइते र प्रभावित नागरिकको उपचारमा रगतको अभाव हुन नदिन सामूहिक रूपमा रक्तदान गर्नु महत्वपूर्ण हुने भन्दै तरुण दलले उक्त कार्यक्रमलाई मानवीय सेवाको अभियानका रूपमा अघि बढाएको जनाएको छ।

आयोजकले संकटको यस घडीमा “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने भावनाका साथ कार्यक्रममा सहभागी भई प्रभावित नागरिकको जीवनरक्षामा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ