काठमाडौँ, भदौ १३ गते । अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले शनिबार भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ । डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबिचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ । नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा […]
धनगढी, भदौ १३ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । आर्थिक […]
सल्यान, भदौ १३ गते । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सल्यानका तीन स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् । कुमाख गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी दुई लाख ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसै गरी त्रिवेणी गाउँपालिकाले राहतका लागि एक लाख ५० हजार रुपियाँ […]
काठमाडौँ, भदौ १३ गते । भोटेकोशी बाढीका कारण अवरुद्ध मुग्लिङ–काठमाडौँ सडकखण्ड शनिबार बिहानदेखि सञ्चालनमा आएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ६ बजेदेखि सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको हो। बाढी तथा पहिरोका कारण जोखिम बढेपछि विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडकको अवस्था र जोखिम मूल्याङ्कनपछि बिहान […]
नारायणगढ, भदौ १२ गते । भोटेकोशी नदीमा बुधवार आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग शुक्रवार पनि सञ्चालनमा आउन सकेन । त्रिशूली नदीमा बढेको पानीको बहावले राजमार्गमा लेदो जम्दा अहिले यातायात सञ्चालनमा समस्या परेको हो । पृथ्वी राजमार्गअन्तर्गत नौविसे–मुग्लिन सडक आयोजनाका इन्जिनियर राजिव मानन्धरका अनुसार धादिङको गलौंदीमा करिब दुईसय मिटर, […]
काठमाडौँ , भदाै १२ गते। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा रु एक अर्ब ९१ करोडभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ः०० बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो । विभिन्न १० वाणिज्य बैकहरूमा रहेको खातामा रु एक अर्ब ९१ करोड ८६ लाख […]
काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो। अर्थमन्त्री डा. वाग्लेलाई सूर्य नेपाल प्रालिका […]
इनरुवा, भदौ १२ गते । जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपियाँ जम्मा गरेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, राहत तथा पुनःस्थापनाका लागि सहयोगस्वरूप मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, धरानका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा […]
भक्तपुर, भदौ १२ गते । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रसुवाको गोसाईकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदवपोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने […]
काठमाडौं, भदौ १२ गते । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यहरुको एक महिनाको तलब–पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा […]