ट्रयाक खुलेको १९ वर्षपछि नयाँबजार–हुग्दीशिर सडक कालोपत्रे

बागलुङ, असार ५ गते । दक्षिण बागलुङको बरेङ गाउँपालिकामा नयाँबजार–हुग्दीशिर जोड्ने सडक कालोपत्रे गरिएको छ । २०६४ जेठ १० गते ट्याक खुलेको यो सडक १९ वर्षपछि स्तरोन्नतिसँगै कालोपत्रे रिएको हो । बरेङ–२ हुग्दीशिरदेखि वडा नं. ३ बाटाकाचौर जोड्ने दोस्रो सडक खण्डमा ८ सय मिटर सडक कालोपत्रे गरिएको हो । गगन बिल्डर्स एण्ड सप्लायर्स प्रा.लि. काठमाडौँले […]

नारायणघाट–बुटवल सडक : वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

नवलपुर, असार ५ गते । नवलपुर प्रहरीले नारायणघाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ ।  लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पुर्‍याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भएको जनाएको छ । प्रहरीले बिहीबार बिहान विज्ञप्ति जारी […]

२०८२ असार ०५ गते – 19, June, 2025, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त मिलनले सुख दिनेछ । पैसा कमाउने योगका साथै पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धन लाभको योग छ । नँया साथीसँग चिनजान हुने र रमाइलो यात्राको […]

चोभार गल्छीमा गेग्रान, बाढी थुनिने जोखिम

काठमाडौँ, असार ४ गते ।  सङ्घीय सरकारका निकाय र स्थानीय सरकारबिच समन्वय नहुँदा काठमाडौँ उपत्यकाको चोभारस्थित गल्छीमा थुप्रिएको माटो, बालुवा, ढुङ्गासहित गेग्रान हटाउन ढिलाइ भएको छ । काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदी बहाव क्षेत्रमा थुप्रिएको गेग्रान व्यवस्थापनमा अलमल भएको हो । २०८१ असोज १० देखि १३ […]

आरोही कल्याणकारी कोष स्थापना गर्दैछाैं : मन्त्री पाण्डे

काठमाडौँ, असार ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले आरोही कल्याणकारी कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ। ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सफल पार्न सहयोग गर्ने संस्थाहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री पाण्डेले उक्त कुरा बताउनुभयो । उहाँले पर्यटनसम्बन्धी नयाँ ऐन राष्ट्रिय सभामा दर्ता भइसकेको जानकारी दिनुभयो। उक्त ऐनमा […]

विकिरणको निगरानी गरिरहेको कतारको भनाइ

काठमाडौँ, असार ३ गते । इजरायली हवाई आक्रमणको निशानामा इरानी आणविक प्रतिष्ठान परेको छ । आणविक प्रतिष्ठानमा आक्रमण भएको सूचनापछि कतारले खाडीक्षेत्रमा विकिरणको मात्रा निगरानी गरिरहेको कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताउनुभएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले दैनिक रुपमा यसको अनुगमन गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “हामीले अहिले […]

२०८२ असार ०४ गते – 18 , June , 2025 , बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला । अर्थ लाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा […]

नगरको आम्दानी उपभोगमै खर्च

टीकापुर, असार ३ गते ।  सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । […]

पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

सिरहा, असार ३ गते । दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ । स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित […]

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ,  असार ३ गते ।  संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् । यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल