alliance khabar

मंगलबार, भाद्र १७, २०८२

म्याग्दी, भदौ १७ गते । 

बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत  कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद रिजाल शनिबार राति करिब ११ बजेदेखि बेनी बजारबाट सम्पर्कविहस्न हुनुभएको थियो ।

दुबै जनाले बेनीको बैंक रोडमा रहेको एक होटलमा खाना खाएपछि बाइक चढेर निस्किएको पत्ता लागेपनि त्यसलगत्तै उनीहरु आफ्नो कोठामा नपुगेको र मोवाइल फोन समेत एकैसाथ स्विच अफ भएपछि आफन्तले खोजविनका लागि प्रहरीमा निवेदन दिएका थिए । होटलबाट निस्किएर दुबैजना मोटरसाइकल चढेर बेनीको रिङरोड तर्फ लागेको बजारमा रहेका सिसी क्यामेराको दृश्यमा देखिएको प्रहरीको भनाइ छ ।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यको आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको रिङरोड तर्फ गएको देखिएको र उक्त मोटरसाइकल सो समयमा कालीपुलमा रहेको सिसी टिभीमा रेकर्ड भएको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरु सम्पर्कविहीन भएको समयमा अबिरल वर्षा भएको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानको आधारमा सोमबारदेखि कालीगण्डकी नदी किनारमा खोजी कार्य सुरु गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको र रातको समय भएकाले प्रत्यक्षदर्शी समेत नभएको हुँदा बेपत्ता भएका दुबै जनाको अवस्थाबारे एकिन गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।

सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाहरुको आफन्तहरुको टोलीले नदीको किनारमा खोजी गरेपनि दुई युवासँगै उनीहरु सवार रहेको मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको छैन ।

रिजालद्वयको आफन्तले कुनै कारणबस मोवाइल अफ गरेर बसेको भए छिटो सम्पर्कमा आउन अनुरोध गरेका छन् भने दुर्घटनाको भवितव्यमा परेको हुनसक्ने भएकाले कालीगण्डकी नदीमा खोजी कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् । दुबैजना युवा मिल्ने साथी भएको परिवारका सदस्यहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल