alliance khabar

सोमबार, भाद्र २३, २०८२

काठमाडौं, भाद्र २२ गते ।

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिको आठौं बैठक काठमाडौँमा सम्पन्न भएको छ।

बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय समितिका सदस्यहरू, सातवटै प्रदेश समितिका अध्यक्षहरू, २७ वटै आबद्ध सङ्घका अध्यक्षहरू, महिला समिति तथा युवा समितिका अध्यक्षसहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो।

बैठकमा महासङ्घका महासचिव अजयकुमार राईले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन केन्द्रीय कोषाध्यक्ष संजय दाहालले प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदनमाथि विस्तृत छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो।

बैठकमा उपस्थित बहुसंख्यक सदस्यहरूले सांगठनिक र आर्थिक प्रतिवेदनमाथि आआफ्ना धारणा राख्नुभएको थियो।

बैठकले विगतका गतिविधिहरूको समीक्षा गर्दै भावी योजनाबारे गहन छलफल गरेको थियो।बैठकको अध्यक्षता गर्नु भएको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले २०८२ साल साउन १ गतेदेखि लागू भएको न्यूनतम वेतन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिकले पूर्णरूपमा उपभोग गर्न सक्ने वातावरण बनाउन नेपाल ट्रेड युनियन कांग्रेसका सम्पूर्ण संरचनालाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिनुभयो।

बैठकमा राखिएका सम्पूर्ण एजेन्डाहरू सर्वसम्मतिबाट पारित गरी बैठक सम्पन्न भएको ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल