alliance khabar

सोमबार, कार्तिक ०३, २०८२

पाख्रीबास (धनकुटा), कत्तिक ३ गते ।

 नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै धनकुटा छोटे सार्कीलाई यतीबेला मादल बनाउन भ्याइनभ्याई छ । गएका वर्ष झै तिहारमा मनोरञ्जनका लागि बजाइने मादल यस वर्ष पनि माग बढेसँगै मादल बनाउन उहाँलाई भ्याइनभ्याई भएको हो ।

धनकुटा नगरपालिका–१, स्थित गैरी टोलमा छोटे भनेर चिनिने उहाँलाई तिहार लागेसँगै यतिबेला मादल बनाउन भ्याइनभ्याइ छ । आफ्नै घरमा आफू सँग अन्य दुईजनालाई रोजगार समेत दिनुभएको छ । छोरा निरबहादुर, भान्जा रमेश रोकाको सहयोगमा छोटे तिहारका लागि मादल बनाइरहनुभएको छ । चाडवाडका समयमा माग अत्याधिक भएका कारण उहाँ बिहानदेखि राति अबेरसम्म मादल बनाउन मै व्यस्त रहँदैै आएको बताउनुहुन्छ । मादल बनाउन खमारी, लामपाटो, सिरीस, खीर्रो जस्ता काठ र बाख्रा, भैसी, गोरुको छाला लगायतका अन्य सामग्री तथा वस्तु आवश्यक हुने गर्दछ । तिहारका सिजनमा करिब तीन लाखभन्दा बढीको कारोबार हुने गरेको छ ।

अहिले सामग्रीको अभावले बजारको माग पूरा गर्न मुस्कील रहेको पाइन्छ । मादल बनाउन कठीन हुने र आकार अनुसार तीनदेखि सात दिनसम्म लाग्ने हुन्छ । उहाँले एउटा मादलको पाँच हजारदेखि १३ हजार सम्ममा बिक्री गर्दै आउनुभएको छ । काठको ढुङ्ग्रो बनाउन गाह्रो हुने, छाला भारतबाट ल्याउनु पर्ने हुँदा मादल बनाउन गाह्रो हुने गरेको हो । मादलको छाला तन्काउन र खरि लगाउन गाह्रो हुने गरेको रमेश रोकाले बताउनुभयो । जुन सुकै काम गर्न पनि गाह्रो हुने हुन्छ, तर पनि मा दल बनाउन अलिक मेहनत र समय दिनुपर्ने रोकाले बताउनुभयो ।

हिलेमा बनाइएको मादल बजारको कुनै समस्या नभएको पाइन्छ । यहाँ बनेका मादल धनकुटासहित र संखुवासभा, सुनसरी, तेह्रथुम लगायतका जिल्लामा बिक्रि हुने गरेको छ । त्यसो त कोशी प्रदेशका जिल्लाहरुमा समेत हिलेमा बनाइएका मादल बिक्री हुने गरेका छन् । तर पछिल्लो समय इमेल इन्टरनेट र आधुनिक सामानका कारण मादल लोप हुँदै गएको पनि पाइन्छ । तिहारमा खेलिने देउसी भैलोमा मादल बजाउँदा मौलिकता पाइने गरेको छ । त्यो मात्रै नभई विभिन्न जात जाति भेष भुषा कला संस्कृति चाडवाडमा समेतद मादल बजाउने प्रचलन रहि आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल