न्युयोर्क (अमेरिका), फागुन ८ गते । नेपाली मूलका बाल जोशीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्नुभएको छ । नेपाली राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर विश्वका सात वटै महादेशमा म्याराथन सम्पन्न गर्नुभएकाले उहाँलाई यो सम्मान दिइएको हो । अन्तर्राष्ट्रिय अन्तरमहादेशीय म्याराथन क्लबले आयोजना गरेको ७७७ विश्व म्याराथनको यो नवौँ संस्करण हो । यो म्याराथनमा उहाँको पहिलो […]
काठमाडौँ, फागुन ५ गते । सरकारले स्वचालित मार्गबाट स्वीकृत गर्ने विदेशी लगानीका उद्योगको नाम सार्वजनिक गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सोमबार राजपत्रमा त्यस्ता उद्योगको नाम उल्लेख गरिएको हो । जस अनुसार ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, प्राकृतिक तेल र इन्धन वा ग्यास, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, […]
काठमाडौँ, माघ २१ गते । नेपाल समुद्रपार निकासी पैठारी सङ्घले वाणिज्यसँग सम्बन्धित निजी क्षेत्रको चासोका विषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ । सङ्घको प्रतिनिधि मण्डलले वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेलाई मङ्गलबार उहाँकै कार्यकक्षमा भेटेर ध्यानाकर्षण गराएको हो । सो अवसरमा सङ्घले तयार गरेको सुझाव प्रस्तुत गर्दै सङ्घका महासचिव जयन्तकुमार अग्रवालले केही महिनायता नेपालका लागि आयातित सामान […]
काठमाडौँ, माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व […]
कास्की, माघ १९ गते । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो […]
म्याग्दी, माघ १९ गते । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा […]
जापान, माघ १९ गते । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गर्नुभको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता […]
काठमाडौँ, माघ १८ गते । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमोजिम सङ्घीय मामिलाले सबै स्थानीय तहलाई वातावरण निरीक्षकको बारेमा जानकारी उपलब्ध गराइदिन पत्राचार गरेको हो । मुलुकभर हाल वातावरण निरीक्षक सङ्घ, प्रदेश र स्थानीय तहमा […]
काठमाडौँ, माघ १६ गते। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय […]
विराटनगर, माघ १६ गते । भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सक्रियतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो । निपा भाइरस सङ्क्रमण देखिएमा कोरोना सङ्क्रमणकालमा अस्पतालमा स्थापना गरिएका […]