गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

लेखनाथ, जेठ २८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो । पाण्डेलाई नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र […]

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, जेठ २८ गते । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री प्रचण्ड […]

राजनीतिमा सत्ताभन्दा संवैधानिकता र नैतिकता ठुलो हो : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिमा सत्ताभन्दा पनि संवैधानिकता र नैतिकता ठुलो हुने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले सो भनाइ राख्नुभएको हो । सर्वोच्च अदालतको परमादेशबाट यही जेठ […]

जसपा नेपाल विभाजन भएको छैन: अध्यक्ष यादव

जनकपुरधाम, जेठ २६ गते । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको पार्टी विभाजन नभएको जिकिर गर्नुभएको छ । शनिबार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नेपाल विभाजन नभएको जिकिर गर्नुभएको हो । उहाँले राज्यको स्रोत, साधन र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई चोइट्याइए पनि पार्टी यथावत् रहेको बताउनुभयो । उहाँले […]

सहमतीमा नै बजेट आउँछ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा, जेठ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारको नीति तथा कार्यक्रमका आधारमा सहमतिअनुसार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट आउने बताउनुभएको छ । उहाँले बागमती प्रदेशका नागरिकको ईच्छा र आकांक्षालाई समेट्नेगरी नीति तथा कार्यक्रम आएको भन्दै प्रदेशलाई समृद्ध बनाउनेगरी नीति तथा कार्यक्रम आएको दावी गर्नुभयो । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष […]

राप्ती गाउँपालिकामा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन

मसुरिया । दाङमा नेपाल तरुण दल राप्ती गाउँपालिकाको नयाँ कार्य समिति गठन भएको छ । बिहीबार मसुरियाको घण्टदेव सामुदायिक वनको कार्यालय परिसरमा भएको भेलाले मोहन श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेतले बताए । अध्यक्ष श्रेष्ठले कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रुपमा बनाएका छन् । सचिव पद रिक्त रहेको छ […]

विधेयकको प्राथमिकता सूची तयार

काठमाडौँ, जेठ १७ गते । संसद्को हिउँदे अधिवेशनमा सदनलाई अपेक्षित बिजनेस दिन नसकेको सरकारले बर्खे अधिवेशनका लागि विधेयकको प्राथमिकता तय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य मन्त्रालयसँगको परामर्शमा विधेयकको प्राथमिकता तय गरेको हो । पहिलो चरणमा मन्त्रालयले ६३ विधेयकलाई प्राथमिकताको सूचीमा राखेको छ । मन्त्रालयले दोस्रोमा ३८ र तेस्रोमा १५ विधेयकलाई […]

कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको नियुक्तिसँगै सरकारको आयुको चिन्ता

१६ जेठ, पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । ५७ दिनपछि सरकारको नेतृत्वमा फर्किएका पाण्डेले सोमबार नै तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका पाण्डेले सबभन्दा ठूलो दलको हैसियतमा फेरि नियुक्त हुने रणनीतिसहित २१ चैतमा राजीनामा दिएका थिए । तर […]

दाङको कोइलावास नाका ७२ घण्टाका लागि बन्द हुने

घोराही, जेठ ११ गते । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको कोइलावास नाका बन्द ७२ घण्टाका लागि बन्द हुने भएको छ । यहि जेठको १२ गते भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सिमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राती १२ बजेसम्मका लागि बन्द हुने भएको जिल्ला […]

काँग्रेसका नेतामाथि छानबिन गर्न महामन्त्री शर्माको चुनौती

काठमाडौँ, जेठ ११ गते नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसका नेतामाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि-स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिनुभएको हो। उहाँले नेपाली काँग्रेसका नेता छानबिनको दायरामा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ