ऊर्जा क्षेत्रमा लगानीका लागि नेपालीहरूलाई आह्वान : मन्त्री दीपक खड्का

बेइजिङ, असार १५ गते। चीनको राजधानी बेइजिङमा आयोजित ट्रेड फेस्टको कार्यक्रमका अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्दै नेपालमा ऊर्जा क्षेत्रमा लगानीका लागि आह्वान गर्नुभएको छ। भेटघाटका क्रममा सम्बोधन गर्दै मन्त्री खड्काले नेपाललाई जलस्रोतको धनी देशका रूपमा प्रस्तुत गर्दै ऊर्जा उत्पादन तथा निर्यात सरकारको मुख्य प्राथमिकता भएको स्पष्ट […]

पूर्व सांसद कंडेलको निधन

बागलुङ (गलकोट), असार १५ गते । प्रतिनिधि सभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा कंडेलको आइतबार बिहान निधन भएको छ । चितवनस्थित छोरीको घरबाट स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जाने तयारी गर्दैगर्दा उहाँको निधन भएको परिवारका सदस्यले बताउनुभयो । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं १ मा नेपाली कांग्रेसको तर्फबाट विजयी कंडेल प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा सादगी र […]

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौँ, असार १५ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना हुनुभएको छ। ज्वरो आएपछि उहाँलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उहाँको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ। उहाँलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्कनुभएको थियो। […]

प्रशासनिक संरचना फेरबदलको प्रक्रिया अघि बढ्ने

सुर्खेत, असार १४ गते ।  कर्णाली प्रदेश सरकारअन्तर्गतका निकायहरूको प्रशासनिक पुनर्संरचना गर्न गठित उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई आफ्नो प्रतिवेदन बुझाएको छ । पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले दुई महिना लगाएर तयार पारेको प्रतिवेदन प्रदेशको विद्यमान प्रशासनिक संरचना सुधार गरी सरकारको कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्य राखेको […]

प्रधानमन्त्री ओली आज स्पेन जानुहुँदै

काठमाडौँ, असार १४ गते । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्पेन प्रस्थान गर्दै हुनुहुन्छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण […]

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ,  असार १२  गते ।  प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनुहुनेछ । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको […]

नेटोको ‘ऐतिहासिक’ खर्च वृद्धिको ट्रम्पद्वारा प्रशंसा

द हेग, असार १२ गते ।  उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगी राष्ट्रहरूसँग बुधबार भएको वार्तामा रक्षा खर्च बढाउने विषयमा भएको सम्झौता सबैका लागि ठुलो विजय’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । सन् २०३५ सम्ममा सदस्य राष्ट्रले आफ्नो उत्पादनको पाँच प्रतिशत रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले […]

सङ्गीत तथा नाटक मौलिक पहिचानको धरोहर : राष्ट्रपति पौडेल

काठमाडौँ, असार १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली समाज विविधतायुक्त रहेको भन्दै नेपाल […]

सत्य , तथ्य र प्रमाणमा आधारित पत्रकारिता हुनुपर्दछ: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

कास्की, असार १० गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्य , तथ्य र प्रमाणमा आधारित पत्रकारिता हुनुपर्ने बताउनुभएको छ। पोखरामा आयोजित ‘सूचना मागौं : भ्रष्ट्राचार अन्त्य गरौं’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले पत्रकारहरूले कम्तिमा पनि समाचार लेख्दा सत्य , तथ्य र प्रमाणमा आधारित भएर सरकारका राम्रा र नराम्रा पक्ष उजागर गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिताले लोकतन्त्रलाई […]

न्यूनतम पारिश्रमिक तत्काल निर्धारण गर्न नेपाल कारखाना श्रमिक संघको माग

काठमाडौं, २०८२ असार ८ गते । नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले श्रमिकहरूको न्यूनतम पारिश्रमिक तत्काल निर्धारण गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। प्रत्येक दुई वर्षमा एकपटक वृद्धि हुने न्यूनतम पारिश्रमिक यो वर्षदेखि लागू हुनुपर्ने संघले जनाएको छ। २०८२ साउन १ गतेदेखि नयाँ दरमा न्यूनतम पारिश्रमिक लागू हुनु आवश्यक भए […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ