काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको दसैँमा यसवर्ष टीका नलगाउने बताउनुभएको छ । दसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण भएको भन्दै उहाँले टीका नलगाउने बताउनुभएको हो । उहाँले मृतक र धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम […]
वासिङ्टन, असोज १५ गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]
काठमाडौँ, असोज १२ गते । युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार प्रश्न उठेका बेला उनीहरुले देशमा अब सामूहिक नेतृत्वमा जानुपर्ने बताएका हुन् । आइतबार ३९ जिल्लाका प्रतिनिधिसहितको १२ वटा जेनजी समूहले राजधानीमा पत्रकार सम्मेलन […]
चेन्नई, असोज १२ गते । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी […]
ललितपुर, असोज ११ गते । नेपाली कांग्रेसले असोज २६ गते आइतबार केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बैठक बोलाएको हो। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचना अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
काठमाडौँ, असोज १० गते। सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको […]
काठमाडौँ, असोज १० गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति भङ्ग गरी आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले महाधिवशेन आयोजक समितिका संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ। मौजुदा केन्द्रीय सदस्य […]
काठमाडौँ, असोज १० गते । प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ । “प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाई फेसबुक र ट्वीटर जस्ता सामाजिक […]
जनकपुरधाम, असोज १० गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ । जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न पूर्वको झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आउनुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस धनुषाको क्षतिग्रस्त पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउनमा सबैभन्दा […]
काठमाडौँ, असोज १० गते । जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ । पदाधिकारीहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएसँगै बिहीबारदेखि काम थालेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको अगाडि रहेको मौसम पूर्वानुमान महाशाखासँगै आयोगलाई कार्यालय उपलब्ध गराइएको छ । नेपाल सरकारका सहसचिवलगायत आवश्यक […]