alliance khabar

शुक्रबार, आश्विन १०, २०८२

जनकपुरधाम, असोज १० गते ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ ।

जिल्ला पार्टी कार्यालयको अवस्था बुझ्न पूर्वको झापाबाट सप्तरी हुँदै बिहीबार जनकपुरधाम आउनुभएका महामन्त्री शर्माले नेपाली कांग्रेस धनुषाको क्षतिग्रस्त पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउनमा सबैभन्दा बढी योगदान मधेशले दिएको भन्दै कांग्रेसबाहेकका अन्य दलले पटक पटक सरकारको नेतृत्व गरिसकेकोले अब कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने शुभेच्छा केन्द्रको रहेको बताउनुभयो । उहाँले सङ्घीयताको मर्म अनुसार मधेश प्रदेशमा कांग्रेसको प्रदेश कार्य समिति र प्रदेश संसदीय दल रहेको भन्दै सरकारको नेतृत्व लिने नलिने अधिकार प्रदेशलाई रहेको भन्दै सरकारको नेतृत्व लिने गरी प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले अन्य दलसँग छलफल चलाउनुपर्ने बताउनुभयो ।

उहाँले मधेशमा कांग्रेसले नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने शुभेच्छा केन्द्रको रहे पनि मधेश प्रदेशका नेता साथीहरूले फरक कुरा राखेमा त्यो निर्णय गर्ने अधिकार प्रदेशलाई नै रहेको बताउनुभयो । एक फरक प्रसङ्गमा महामन्त्री शर्माले जेनजी पुस्ताको भावनालाई समेट्ने गरी नेपाली कांग्रेसले समग्रमा रूपान्तरण हुने बताउनुुभयो । उहाँले पुस्तान्तरणभन्दा पनि सबैलाई गाँसेर रूपान्तरित कांगे्रस बनाउनुपर्नेमा जोड दिनुभयो ।

यसैबिच  कल्याणपुर समाचारदाताका अनुसार राजविराजस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको क्षतिको निरीक्षण र कार्यकर्तासँग भेटघाट गर्न बिहीबार राजविराज आइपुग्नुभएका महामन्त्री शर्माले अहिले प्रतिनिधि सभा नरहेको भए पनि राष्ट्रपति, राष्ट्रिय सभा र प्रदेश जीवितै रहँदा पनि संविधान भने घाइते अवस्थामा पुगेको जस्तै भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “राष्ट्रपति संस्था, राष्ट्रिय सभा र प्रदेश छँदै छ तर संसद् विघटन हुँदा संविधान घाइते जस्तै भएकाले फेरि यसलाई पूर्ण स्वस्थ अवस्थामा ल्याउनु पर्छ ।”

“आवश्यक्ताको सिद्धान्त अनुसार राष्ट्रपतिले प्रतिनिधि सभा विघटन नै गर्नुभन्दा संसद्को बैठक बोलाएर पनि जनता र आन्दोलनको माग अनुसार निर्णय गरेर संसद् बाहिरबाट सीमित समयका लागि सरकार गठन भएको भए राम्रो हुने थियो,” उहाँले भन्नुभयो । संसद् पुनस्र्थापना वा ताजा जनादेशमा जाने भन्ने विषयमा अहिले नेपाली कांग्रेसले कुनै निर्णय गरिनसकेको बताउनुभयो । सञ्चारकर्मीले राखेको जिज्ञासामा  महामन्त्री शर्माले गत भदौ २३ गते नवजवानमाथि जथाभाबी गोली चलाउनेलाई कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल