alliance khabar

बुधबार, पुष १६, २०८२

माछापुच्छ्रे (कास्की), पुस १६ गते ।

राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो ।

गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) की नेतृ भगवती न्यौपानेको ६ वर्षे कार्यकाल पूरा हुन लागेकाले गण्डकीमा २ पदमा चुनाव हुन लागेको हो ।

महिला र अन्य क्लस्टरतर्फ निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । चुनाव सम्पन्न गर्न कास्कीको न्यायाधीश हिमलाल बेलवासेलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृत बेलवासेले कार्यालय स्थापनाको अवसरमा चुनावलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

चुनावको तालिकामा पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सभा निर्वाचनमा यो पटक मतभार परिवर्तन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रदेशसभा सदस्यको मतभार ४८ बाट बढेर ५३ पुगेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ बाट बढेर १९ कायम भएको ढकालले बताउनु भयो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा दीपक मनाङे भनिने राजीव गुरुङको पद खारेज भएको छ ।

गण्डकी प्रदेशमा सबैभन्दा बढी नेपाली कांग्रेसको मतभार छ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य २७ जनाको मत भार १ हजार ४ सय ३१ र स्थानीय तहका ६७ जनप्रतिनिधिको १ हजार २ सय ७३ मतभार गरी २ हजार ७ सय ४ छ । नेकपा (एमाले) को २२ प्रदेश सांसदको मत भार १ हजार १ सय ६६ र स्थानीय तहमा ७० जनप्रतिनिधिको मत भार १ हजार ३ सय ३० सहित २ हजार ४ सय ९६ मतभार रहेको छ ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी समूहसँग ७ सांसदको ३ सय ७१ मतभार र ३० स्थानीय जनप्रतिनिधि ५ सय ७० गरी ९ सय ४१ मतभार छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १ सय ६, राष्ट्रिय जनमोर्चाको ५७ र नेपाल समाजवादी पार्टीको ५३ मतभार छ । निर्वाचन आयोगले निर्वाचनलाई सफल बनाउन सरोकार पक्ष सबैलाई आग्रह गरेको छ । कार्यालय स्थापनाको बेलामा विभिन्न राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधि पनि सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल