alliance khabar

बिहिबार, बैशाख १०, २०८३

म्याग्दी, वैशाख १० गते ।

 म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका क्रममा हराएका गाइडको जीवितै उद्धार गरिएको छ । गाइड दवा नुर्बु शेर्पा सोमबार अन्नपूर्ण हिमालको चुचुरोबाट अर्लिदै गर्दा सातहजार सातसय मिटर उचाईमा हराउनुभएको थियो ।

उहाँको उद्धारका लागि आईएफएमजीए प्रमाणित गाइड अशोक लामा र अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटनकर्मी तथा उद्धारकर्ता इन्द्रसिह शेरचनसहितको टोलीले उच्च जोखिम मोलेर हराएका दवा नुर्बु शेर्पालाई मङ्गलबार दिउँसो जीवितै फेला पारी उद्धार गरेको हो ।

उद्धारमा खटिनुभएका शेरचनले भन्नुभयो, ‘‘अन्नपूर्ण हिमाल आरोहण गरेर फर्किने बेलामा सातहजार सातसय मिटरको उचाईमा आइपुग्दा उहाँ अस्वस्थ हुनुभएको रहेछ । उहाँसँगै गएका अन्य आरोही केही अघि हुनुहुँदो रहेछ । उहाँ एकछिन आराम गर्दछु भनेर त्यही बस्नुभएको रहेछ । हिउँले दुबै हात खाएको र आँखा समेत नदेख्ने अवस्थामा पुग्नुभएको रहेछ । हामीले उहाँलाई जोखिम मोलर भएपनि सकुशल उद्धार गरेर क्याम्प ३ मा ल्याउन सफल भयौं ।’’ शेर्पा आठके’ एक्स्पिडिसन प्रा.लिबाट हिमाल आरोहीलाई लिएर अन्नपूर्णको शिखरमा पुग्नुभएको थियो ।

अन्नपूर्ण आरोहण गरेर फर्किनुभएका उद्धारकर्ता लामा शारीरिक रुपमा अत्यन्त थकित अवस्थामा रहेपनि जोखिमपूर्ण क्षेत्र क्याम्प–३ बाट माथि पुनः उक्लिएर हराएका गाइडको खोजी तथा उद्धारमा खटिनुभएका आठके एक्स्पिडिसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो । यो सिजनकै सबैभन्दा कठिन  कार्य भएको उहाँले बताउनुभयो ।

अक्सिजनको कमी, तीव्र हावा, अत्यधिक चिसो र शारीरिक थकानका बाबजुद लामाले खोजी जारी राख्दै दवा शेर्पालाई फेला पारेको प्रा.लिले जनाएको छ । उहाँलाई उद्धार गरी क्याम्प ३ मा ल्याइएको थियो । त्यसपछि हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौँ पुर्‍याइएको छ । शेर्पाको अहिले काठमाडौँको अस्पतालमा उपचार भइहरेको उद्धारकर्ता शेरचनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल