काठमाडौँ, साउन ३ गते : गत आर्थिक वर्ष २०८०-८१ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या झन्डै साढे सात लाख पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०-८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर बिदेसिएका हुुन् । आव २०७९-८० मा सात लाख ७१ हजार ३२८ वैदेशिक रोजगारीका लागि श्रम […]
मेष– प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो […]
काठमाडौँ, साउन २ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो। बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो। क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्साउने उल्लेख गरेको छ। क्यानले यो अवार्डका […]
लेखनाथ, साउन २ गते। गण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयले बुधबार मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी आर्टिफिसियल इन्टलिजेन्स कार्यक्रम सार्वजनिक गरेको हो। सेप्टेम्बर महिनाबाट एमआइटी एआइको कक्षा सुरु हुने विश्वविद्यालयका […]
चितवन, साउन २ गते । गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ । घटनाको अध्ययन गर्न आएको कार्यदललाई सरोकार भएकाहरूले नयाँ प्रविधिबाट बेपत्ता र बसको खोजी गर्न सुझाव दिएका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजना […]
काठमाडौं, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ […]
काठमाडौँ, साउन २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो । उहाँले ३० अर्बको विज्ञापन बजारमा १३ अर्ब मात्र कारोबार हुनु र बाह्य विज्ञापनबाट स्थानीय तहमा […]
काठमाडौँ, साउन २ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक मुद्दा विशेष अदालतमा दायर भएको जानकारी दिएको छ। आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विभिन्न माध्यमबाट २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट सरेर आएका नौ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरी परेका छन्। जसमध्ये कुल […]
काठमाडौँ, साउन २ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयर एक लाख […]
मेष– प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष– अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। […]