समय अगावै जन्मिएको बच्चामा हुन सक्छ ‘आरओपी’ रोग

काठमाडौं । समय अगामै जन्मिने बच्चाको आँखामा अन्धोपना ल्याउन सक्ने ‘रेटिनोपेथी अफ प्रिमेचुरिटी’ (आरओपी) रोगका बिरामी बढ्न थालेका छन् । पाटन अस्पतालमा समय अघि प्रसूति भइ जन्मिएका दैनिक सरदर १० बच्चामा आरओपी रोगको स्क्रिनिङ गरिँदै आएको आँखा रोग विशेषज्ञ डाक्टर पवन महतले बताए । स्क्रिनिङ गरिएकामध्ये १० प्रतिशतमा आँखामा अन्धोपना ल्याउने आरओपी रोग पुष्टि हुने […]

सडकमा थुप्रिएको फोहर एक दुई दिनमै उठ्छ : काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ। केही दिनअघि फोहर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि शुक्रबारदेखि निर्वाध रुपमा फोहर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले बताए। उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहर पुर्याउन थालेको छ। शुक्रबारदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्ड साइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका […]

नेपालमा लगानी गर्न भारतिय लगानीकर्तालाई मन्त्री महतकाे आग्रह

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन्। भारतको गुजरात चेम्बर अफ कमर्सले मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेको अर्थ मन्त्रालयले जनाएको छ । भर्खरै मात्र भारतसँग दश हजार मेघावाट जलविद्युत् निर्यात गर्ने […]

राशिफल-श्रावण,०१

मेष–विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। वृष–नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोडिएका […]

मेक्सिकोबाट नेपाल घुम्न आएको परिवार सोलुको लिखुपिकेमा अस्तायो

काठमाडौँ –२६ असार । मङ्गलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटनामा पर्‍यो। दुर्घटनामा परेर उत्तर अमेरिकी मुलुक मेक्सिकोका पाँचजना यात्रु र पाइलट चेतबहादुर गुरूङको मृत्यु भयो । दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूषहरू एकै परिवारको भएको खुलेको छ। नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका […]

रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे, युरोपको सर्वोच्च शिखरको सफल आरोहण

१७ असार, काठमाडौं । रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए । एलब्रस […]

संयुक्त राष्ट्र संघले सुपर फुड नाम दिएको कोदो खेतिको सम्भाब्यता बुझ्न नेपाल आएका थिए चिनियाँ अर्वपति ज्याक मा

काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् । प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका  थिए । परम्परागत चिनियाँ […]

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]

महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल