Alliancekhabar

सोमबार, कार्तिक २६, २०८१
धम्बोझी, कात्तिक २६ गते : ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने भएकोले यसका बारेमा सचेतना जगाउन आवश्यक रहेको सरोकारवालाहरूले बताउनु भएको छ । नेपालगन्जमा भएको अभिमुखीकरण कार्यक्रममा ब्रुसेलोसिस रोगले पछिल्लो समय कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई असर गर्ने उच्च सम्भावना रहेको बताइएको छ ।
पशुहरूबाट मानिसमा तथा मानिसबाट पशुमा सर्ने जुनोटिक रोगहरूका बारेमा सचेतना जगाउन नेपालगन्जमा भएको कार्यक्रममा ब्रुसेलोसिस रोगले पुरुषहरूमा नपुंसकता बढाउने तथा पशुहरूमा गर्भ तुहिने तथा साल अड्किने समस्या आउने गरेको बारेमा छलफल गरिएको थियो । पशु सेवा शाखाले पशु प्राविधिक, कृषक र सरोकारवालालाई सचेत बनाउन अभिमुखीकरण गरेको हो ।
पशु प्राविधिक, कृषक र सरोकारवाला गरी ४० जनालाई अभिमुखीकरण गरिएको छ । पशुबाट मानिसमा सर्ने रेबिज, ब्रुसेलोसिस, बर्डफ्लु, टिबी लगायतका रोगहरूका बारेमा जानकारी गराउन उद्देश्यले अभिमुखीकरण गरिएको पशु सेवा शाखा प्रमुख लक्ष्मी शाहीले बताउनु भयो ।
पशु प्रजनन कार्यालय गौघाट बाँकेका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले जिनोटिक रोहरूको जोखिम र नियन्त्रणबारे सहजीकरण गर्दै जानकारी गराउनु भएको थियो । डा.चौधरीले रेबिज रोग ९५ प्रतिशत कुकुरको टोकाइबाट मानिसमा सर्ने भएकाले घरपालुवा तथा सामुदायिक कुकुरहरूको भ्याक्सिनेशन र बन्ध्याकरणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । नेपाल सरकारको सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल