Alliancekhabar

सोमबार, कार्तिक २६, २०८१

कावासोती, कात्तिक २६ गते : नवलपुरको पहाडी क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण हुँदा यस क्षेत्रमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्कीबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । झन्डै डेढ/दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्ण रूपमा ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य भएको हुप्सेकोट गाउँपालिका–४, धौवादीका गनबहादुर आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडीमा जति सिट क्षमतामा यात्रु चढ्छन्, उत्तिकै मात्रामा सवारी हुटमा पनि यात्रु चढ्ने भएकाले पनि यात्रा जोखिम हुने गरेको छ । गाडी कम चल्छन्, मान्छेलाई जसरी पनि पुग्नुपर्ने अवस्था हुन्छ, त्यसमाथि बाटो निकै खराब छ तर यो पहाडी क्षेत्रका बासिन्दाको बाध्यता हो ।” दलदले–धौवादी २४ किलोमिटर छ तर यहाँ एक चौथाइ मात्र कालोपत्रे भएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल